काठमाडाैँ । झापाकाे झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ ।
चौधरीले बिएण्डसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक विद्युत् प्रवाह भई मृत्यु भएको हो । बारा करैयामाई गाउँपालिका–८ का २५ वर्षीय चौधरी बिएण्डसी मेडिकल कलेजका कर्मचारी हुन् ।
करेन्ट लागेर घाइते भएका चौधरीलाई सोही अस्पतालमा उपचार गर्दा गर्दै मृन्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।









