२६ भाद्र २०८३, शुक्रबार
,
Latest
३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठे पुलकै भरमा बेँसीसहर–चामे सडक



अ+ अ-
 काठमाडाैँ । लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल तीन स्थानमा काठे पुल रहेका छन् । वर्षायाममा खोलामा पानीको मात्रा बढेपछि ती पुलबाट सवारीसाधन सञ्चालन गर्न जोखिम रहन्छ ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार चामे बजार क्षेत्रमा दुई र स्यार्कु खोलामा एउटा काठे पुल छ । अस्थायी प्रकृतिका यस्ता पुलबाट सवारीसाधन सञ्चालन गर्न समस्या हुने गरेको छ । समस्या समाधानका लागि यस सडकखण्डमा १५ पक्की पुल निर्माणको माग गरिएको थियो ।
“पर्याप्त बजेट अभावमा पक्की पुल निर्माण हुन सकेन”, सूचना अधिकारी विष्टले भन्नुभयो, “पुल निर्माणका लागि आवश्यक डिजाइन तयार पारिएको छ, बजेट आइहाले पनि न्यून आउँछ, त्यसले पुल निर्माणको काम अघि बढाउन सम्भव हुँदैन । यस वर्ष  पुलका लागि बजेट नै आएको छैन ।”
सूचना अधिकारी विष्टका अनुसार सडकखण्डमा कतिपय स्थानमा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गर्नुपर्ने अवस्था छ । मनाङलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले बेँसीसहर–चामे सडक २०५१ सालदेखि निर्माण सुरु भएको थियो । सशस्त्र द्वन्द्वका कारण निर्माण कार्य प्रभावित भएपछि नेपाली सेना २०५७ सालदेखि सडक निर्माणमा सहभागी भएको थियो । सेनाले ६५ किलोमिटर सडक निर्माण गरी २०६९ सालमा सडक विभागलाई हस्तान्तरण गरेको थियो । सडकको ३५ किलोमिटर क्षेत्र लमजुङ र ३० किलोमिटर मनाङतर्फ पर्छ ।
“कतिपय स्थानमा बेलिब्रिज तथा पक्की पुल बने पनि बाढीपहिरोबाट क्षति पुगेपछि अस्थायी काठे पुल राख्नुपर्ने अवस्था आएको हो”, सूचना अधिकारी विष्टले भन्नुभयो ।
विसं २०८० असारमा चामे गाउँपालिका–१ तिमाङ खोलाको काठे पुल र चामे–२ स्थित स्यार्कु खोलाको काठे पुल जीर्ण भएर भाँचिएपछि बेँसीसहर–चामे सडक दुई दिन अवरुद्ध भएको थियो । दुवै पुलमा पुराना काठ हटाएर नयाँ राख्नुपरेको थियो । विसं २०७८ मा पनि तिमाङ छहरामा काठे पुल जीर्ण भएपछि त्यसलाई विस्थापन गर्न स्ल्याब कल्भर्ट निर्माणका लागि १५ दिनसम्म सडक बन्द गर्नुपरेको थियो ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार गाउँपालिकाभित्रै चामे बजार बीचमा दुई स्थानमा काठे पुल छन् । काठे पुलमा ठूला सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको उहाँले बताउनुभयो । “हरेक वर्ष मर्मत गर्दै आएका छौँ,” उहाँले भन्नुभयो । काठे पुलका कारण सडक अवरुद्ध हुँदा मनाङवासीले आवतजावतदेखि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानीसम्म समस्या भोग्नुपर्ने अध्यक्ष घलेले बताउनुभयो ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै