२६ भाद्र २०८३, शुक्रबार
,
Latest
किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने सुनिल शर्माको घोषणा बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका र जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्पडेस्क राख्न निर्देशन राप्रपाका ४८ जिल्लामा अधिवेशन सम्पन्न, भदौ मसान्तभित्र सबै जिल्ला सक्ने तयारी बुवाको निःस्वार्थ प्रेमलाई गीतमा उतारियो, ‘बाबा पनि आमै हुन्’ नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान प्रधानमन्त्री शाहले उद्योगी–व्यवसायीसँग गरे छलफल नीतिगत अस्थिरता र कानुनी जटिलता आर्थिक विकासका प्रमुख बाधक : सीएनआई अध्यक्ष पाण्डे भोटेकोशी बाढीपीडित उद्योगी–व्यवसायीलाई पाँच वर्षसम्म कर छुट दिन महासंघको माग मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको छः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण



अ+ अ-

काठमाडौं । मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विदेशी उद्योगी तथा लगानीकर्ताबाट रु. ५८ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

आव २०८२/८३ मा विभिन्न एक हजार ११६ परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा सूचना प्रविधितर्फ मात्रै ७२७ परियोजना रहेका छन् ।

उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामूलकमा चार, कृषिमूलकमा १८, पर्यटनमा २२७, खनिजमा चार, सेवामूलकमा ७१ र पूर्वाधारमूलक क्षेत्रमा दुई परियोजनाका लागि लगानी प्रतिबद्धता आएको छ ।

आव २०८१/८२ मा विभिन्न ८४२ परियोजनाका लागि रु. ६४ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो । राजनीतिक स्थायित्व, लगानीको सुरक्षा र सरल नीतिगत व्यवस्थाका कारण वैदेशिक लगानीको प्रतिबद्धता बढेको जनाइएको छ ।