१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नागरिकता विधेयकः यशोदा सुवेदीको असहमति

नागरिकता विधेयकः यशोदा सुवेदीको असहमति
अ अ+ अ-
Interview with Yasoda Subedi Gurung, lawmaker and member of the parliamentary committee, in Kathmandu, on Saturday, June 15, 2019. Photo: Balkrishna Thapa Chhetri/THT

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार समितिअन्तर्गतको उपसमितिले तयार पारेको नागरिकता विधेयकसँग सम्बन्धित अपुरो प्रतिवेदनमाथि छलफल जारी छ । तर, सहमति जुटेको भनिएको विषयमा उपसमितिकै सदस्यबाट असहमति सार्वजनिक भएको छ ।

विजय सुब्बा संयोजकत्वको उपसमितिले विवाह वा सम्बन्ध विच्छेदपछि महिलाले थर, वतन वा अन्य विवरण परिवर्तन गर्न सक्ने व्यवस्थामा सहमति जुटाएर प्रतिवेदनमा समेटेको छ । ‘विवाह वा सम्बन्ध विच्छेदपछि भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गर्न निवेदन दिएमा तोकिएको अधिकारीले आवश्यक कुरा बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची थर, वतन वा विवरण संशोधन गरी अर्को नागरिकताको प्रमाणपत्र दिन सक्ने’ उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

तर, सोही उपसमितिकी सदस्य एवम् नेकपा सांसद यशोदा गुरुङ सुवेदीले भने उपसमितिले पास गरेको यो व्यवस्था लैंगिक विदेभकारी भएको बताइन् । मंगलबारको समितिको बैठकमा उनले ‘विवाह वा सम्बन्ध विच्छेदपछि महिलाले’ भन्ने वाक्यांशबाट ‘विवाह’ भन्ने शब्द हटाउनुपर्ने बताइन् ।

‘विवाह वा सम्बन्ध विच्छेदपछि महिलाले’ भन्ने शब्द राख्दा महिलाले लोग्नेको सनाखतबाट, लोग्नेको थरबाट, लोग्नेको वतनबाट नागरिकता लिनु पर्ने बाध्यात्मक स्थिति सिर्जना गर्ने उनको तर्क छ । विवाह भन्ने शब्द राख्नैपर्ने भए ‘विवाह वा सम्बन्ध विच्छेद भएका व्यक्तिले’ भनेर राख्नुपर्ने र यसो गर्दा महिला(पुरुषबीच लैङ्गिक समानता देखिने उनले सुझाव दिइन् ।