१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

काङ्ग्रेस चितवनले शुरु गर्‍यो समायोजन

काङ्ग्रेस चितवनले शुरु गर्‍यो समायोजन
अ अ+ अ-

चितवन । केन्द्रको निर्देशन अनुसार नेपाली काङ्ग्रेस चितवनले जिल्लामा क्षेत्रबाट समायोजनको काम शुरु गरेको छ। सङ्गठन संरचना अन्तर्गत तीनवटै क्षेत्रको समायोजनको काम सकिएको छ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार पार्टीको क्षेत्र नं– १ मा राजु सिलवाल, क्षेत्र नं–२ मा भरत लामिछाने र क्षेत्र नं– ३ मा सरिता केसी चयन भएका छन्। यसअघि जिल्लामा पांँच निर्वाचन क्षेत्र रहेको थियो।

त्यतिबेला निर्वाचित क्षेत्रीय समितिका पदाधिकारी र सदस्यहरु समायोजनका क्रममा आफ्नो क्षेत्र अनुसार स्वतः समितिमा रहने व्यवस्था रहेको छ।

सभापति श्रेष्ठका अनुसार ६ वटै प्रदेश कार्यसमिति निर्माणका लागि भदौ १८ , १९ र २० गते क्षेत्रीय समितिको भेला डाकिएको छ। त्यसलगत्तै भरतपुर महानगरपालिका, राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउंँपालिकाको समायोजनको काम शुरु हुने उनले जानकारी दिए।

जिल्लाका तीन नगरपालिका माडी, रत्ननगर र खैरहनी बाहेक अन्य सबै तहमा समायोजन गर्नुपर्ने हुन्छ। असोज महीनाभित्रमा दुई वा त्यो भन्दा बढी वडा समायोजन भएका वडाको नेतृत्व चयन गर्ने काम गरिने जनाइएको छ।

चितवनमा समायोजनको लागि केन्द्रीय प्रतिनिधिका रुपमा डेमोक्रय्याटिक लयर्स एशोसियशन (डिएलए) का जिल्ला अध्यक्ष विष्णु अर्याललाई तोकिएको छ।

निर्वाचनको समयमा पाँचवटा क्षेत्रलाई तीनवटा क्षेत्रमा समायोजन गरिएसंँगै त्यसअघि बनेको नेपाली काङ्ग्रेसको समितिहरुलाई समायोजन गरिएको हो।