२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल



अ+ अ-

दाङ। दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ ।

भाइरलजन्य रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेका कारण अस्पतालका शय्या पूर्ण रूपमा भरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शय्या अभावकै कारण गम्भीर अवस्थाका बिरामीलाई अस्पतालमा राखेर उपचार गर्न समस्या भएको छ । “शय्या नपाएपछि सिकिस्त बिरामी बाध्य भएर निजी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान वा नेपालगञ्जसम्म जानु परिरहेको छ,” उहाँले भन्नुभयो, “बिरामी शय्याका लागि कुर्नुपर्ने अवस्था छ ।”

प्रादेशिक अस्पताललाई हालसम्म ५० शय्याको मात्रै स्वीकृति प्राप्त छ । यद्यपि, अस्पताल प्रशासनले आमा सुरक्षा कार्यक्रम, सङ्घीय ससर्त कार्यक्रम र साबिकको कोभिड कार्यक्रमको जनशक्ति परिचालन गरी आफ्नै स्रोतसाधनबाट हाल १४१ शय्या सञ्चालन गरिरहेको छ ।

बिरामीको चाप भने अत्यधिक छ । सामान्य दिनमा पनि दैनिक ५०० भन्दा बढी र सरकारी बिदा पछिका दिनमा ओपिडीमा आउने बिरामीको सङ्ख्या ७०० सम्म पुग्ने गरेको डा होदाले बताउनुभयो ।

विशेषगरी बाल वार्ड, मेडिसिन वार्ड, र प्रसूति वार्डमा शय्याको अभाव छ । बाल वार्डमा ११ वटा शय्या रहेकामा चाप बढेपछि १३ वटा पु¥याइएको छ । शय्या उपलब्ध गराइदिन भन्दै दैनिक दर्जनौँ फोन आउने र बिरामीको चाप धान्न नसकिने अवस्था रहेको डा होदाले बताउनुभयो ।

अस्पतालमा विशेषज्ञ डाक्टरबाट सहज एवं सुलभ सेवा पाउन थालेपछि अस्पतालप्रति नागरिकको विश्वास बढेको छ । सोही कारण बिरामीको चाप अत्यधिक वृद्धि भइरहेको उहाँले बताउनुभयो । बेडको अभावमा उपचारमा समस्या हुने गरेको छ ।

अस्पताल विकास समितिले यसलाई सरकारीस्तरबाटै ओएनएम सर्भे गराई स्थायी दरबन्दी सिर्जना गरेर कम्तीमा २०० शय्यामा स्तरोन्नति गर्नुपर्ने माग राख्दै आएको छ ।  रासस