१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजार : परिसूचकमा २० अंकको सुधार



अ+ अ-

काठमाडौं । केही दिनयता निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार ठूलो सुधार देखिएको छ । आइतबार र सोमबार दोहोरोे अंकले गिरावट आएको सेयर बजारमा मंगलबार २०.५७ अंकले सुधार भएको छ ।

मंगलबार नेप्से परिसूचक २०.५७ अंकले बढेर १ हजार १ सय ९० दशमलव ९० अंकमा पुगेको छ । यसअघि सोमबार १४ अंकले बजार घटेको थियो ।

दिनभर ७ हजार ८ सय १७ कारोबारबाट १७१ कम्पनीका २१ लाख ८४ हजार २ सय ७१ कित्ता सेयर किनबेच भएका छन् ।जसअनुसार कारोबार रकम ५१ करोड ५ लाख ५२ हजार ४१ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

मंगलबार सबैभन्दा धेरै कारोबार हुने पहिलो नम्बरमा नेपाल बंगलादेश बैंक देखिएको छ । यो बैंकको संस्थापक सेयर सबैभन्दा धेरै किनबेच भएको हो । मंगलबार यो बैंकको ५ करोड ७२ लाख ३० हजार रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ ।।

कारोबार रकमका आधारमा दोस्रो नम्बरमा नेपाल बैंक देखिएको छ । नेपाल बैंकको ३ करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । तेस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स देखिएको छ भने चौथो नम्बरमा एनआईसी एशिया बेंक र पाँचौमा सानिमा बैंक देखिएको छ ।

यी बैंकहरुको क्रमशः २ करोड २० लाख, २ करोड १९ लाख र १ करोड ६२ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।