१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

‘बेटी पढाऊ, बेटी वचाऊ’ का अभियानकर्मी गाउँगाउँमा पुग्न सकेनन्

‘बेटी पढाऊ, बेटी वचाऊ’ का अभियानकर्मी गाउँगाउँमा पुग्न सकेनन्
अ अ+ अ-

गौशाला । महोत्तरी गौशाला नगरपालिका–१ का रामचलितर राय मंगलवार दिउँसो गौशाला नगरपालिकाको कार्यालयमा आफ्नी २८ दिनकी छोरीको बीमा वनाउने स्वयम्सेवकको प्रतिक्षामा बसेका थिए । छोरीलाई काखमा लिई श्रीमतीसहित चर्को घामकाबीच चार किलोमिटरको पैदल यात्रा गर्दै आएका रामचलितरले छोरी राखीकुमारी यादवको बीमा गराउनका लागि बिहानैदेखि बिमकको प्रतिक्षामा बसेका थिए ।

त्यस्तै गौशाला नगरपालिका–११ का विन्देश्वरप्रसाद शर्माले पनि आफ्नी एक महिने छोरी अंशिकाको बीमा गराउनका लागि कार्यालयमा तीन पटकसम्म धाइसकेका छन् । चर्को घाममा श्रीमतीसहित काखमा बच्चालाई बोकेर आएका विन्देश्वरको मुहारमा काम नहुने हो कि भन्ने निराशा छाएका थिए । आपूmले तीनपटकसम्म कार्यालयमा आएर छोरीको बीमा गराउनका लागि गरिएको प्रयास असफल भएपछि उनी र उनकी श्रीमती निराश भई बसेका थिए ।

जन्मदर्ता बनाउने क्रममा वडा सचिवले आपूmलाई जानकारी दिँदा छोरीको बीमा गराउनका लागि आएका गौशाला–५ का अनिल साह रौनियारले पनि नगरपालिकाको कार्यालयमा तीन घण्टासम्म प्रतिक्षा गर्नुपरेको जनाएका छन् । जेठ २८ गते जन्मिएकी छोरी आनन्दी कुमारीको बीमा भएपछि आपूmले फुर्सद पाउने सोचमा उनी लामो प्रतीक्षामा बसिरहेका थिए ।

घरघरमा गई छोरीको बीमा गराउनका लागि मुख्यमन्त्रीले निर्देशन दिँदासमेत स्वयमसेवक गाउँमा नजाँदा आपूmजस्ता अनेकौं अभिभावक समयमा जानकारी नपाएर छोरीको बीमा बनाउन नसकेको गौशाला–५ का गर्विदयाल साहले बताएका छन् । घरघरमा नभएपनि कम्तीमा वडा कार्यालयसम्म पुगेर छोरी बीमा गराउँदा सर्वसधारणलाई सुलभ हुने कार्यालयका योजना शाखामा कार्यरत वडा सचिव धर्मराज वस्नेतले बताएका छन् ।

नगरपालिकाको कार्यालयमा छोरी बीमा गराउनका लागि महिनाको १० गते र कुनै कुनै महिनामा मात्र दुई पटकसम्म बिमक आउने गरेको बस्नेतले बताएका छन् । मुख्यमन्त्रीले ल्याएको छोरी बीमा कार्यक्रम प्रचारप्रसारको कमीको कारण नगरपालिकामा खासैरुपमा उपलब्धि हासिल हुन नसकेको नगरप्रमुख शिवनाथ महतोले बताएका छन् ।

आफुले नगरपालिकाका स्थानीयलाई प्रतिनिधि बनाएर पठाउनका लागि मुख्यमन्त्रीलाई गरेको आग्रहको कुनै सुनवाई हुन नसकेको नगरप्रमुख महतोले जनाएका छन् । कार्यक्रम मुख्यमन्त्रीको मातहतमा रहेकोले यसमा आफुले कुनै संशोधन गर्न नसकिने बताउँदै नगरप्रमुखले सर्वसधारणको सुलभ र सरल ढंगले सेवाप्रदायक बनाउनका लागि प्रयासरत रहने प्रतिवद्धता जनाएका छन् ।

यस सम्बन्धमा बेटी पढाऊ, बेटी बचाऊ अभियान कार्यक्रमका प्रदेश नं. २ का संयोजक प्रियंका यादवले स्वयमसेवकलाई दिइने नियुक्तिपत्रमा नीति नियमलगायतका शर्त संशोधन गर्नुपर्ने भएकोले तत्कालका लागि नविकरण गर्ने कार्य रोकिएको जनाएकी छिन् । नियुक्तिपत्रमा घरघरमा गएर कार्यसम्पादन गर्नका लागि निर्देशन दिएता पनि कम्तीमा वडा कार्यालयसम्म गएर जनतालाई सुलभरुपमा सेवा सुविधा दिनुपर्नेमा संयोजक यादवले धारणा राखेकी छिन् ।

प्रदेश नं. २ को सरकारले प्रदेशभरिमा गत माघ १ गतेदेखि ल्याएको सो अभियान प्रदेशभरिका गाउँगाउँमा सञ्चालनमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरले जनाएको छ । छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट २० वर्षपछि एकमुष्ठ रु एक लाख २५ हजार पाउनेछन् । छोरी शिक्षा बीमाका लागि प्रदेश सरकारले प्रत्येक वर्ष रु १३ हजार ६४६ र प्रभु बैंकले रु एक हजार दिनेछ ।

त्यसका लागि प्रदेश सरकारले ५५ करोड ६० लाख रुपैयाँ बजेट छुट्याएको छ भने सङ्घीय सरकारले विशेष अनुदानस्वरूप प्रदेश सरकारलाई रु ५० करोड अनुदान दिएको छ । अभियानलाई तीव्रता दिन प्रदेशका आठ वटै जिल्लामा स्वयंसेवक नियुक्त गरिएका छन् ।