२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ओलम्पिक कमिटीकाे चुनाव राेक्न सर्वाेच्चकाे आदेश



अ+ अ-

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको २० गते हुने भनिएको चुनाव रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।नेपाल ओलम्पिक कमिटीका कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले चुनाव रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले चुनाव रोक्न आदेश दिएको हो ।

चुनावका लागि मनोनयन प्रक्रिया सकिए सकिएको छ भने उपमहासचिव र कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । आसन्न चुनावका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले अध्यक्षमा मनोनयन गरकेका छन् ।

उपमहासचिव र कोषाध्यक्ष पदमा निर्विरोध भइसकेकाले २० गते १५ पदमा निर्वाचन हुन लागेको थियो ।