१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

गौहत्यारालाई पक्राउ नगरे नेपाल ठप्प पार्ने विश्व हिन्दू युवा संघको चेतावनी

गौहत्यारालाई पक्राउ नगरे नेपाल ठप्प पार्ने विश्व हिन्दू युवा संघको चेतावनी
अ अ+ अ-

काठमाडौं । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार समितिले पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखमा पाल्न पठाउने बहानामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भीरबाट खसालेर सैतिँस गाईको हत्या एवम् ८६ वटा गाई घाईते हुने गरि गरिएको गौहत्या काण्डको घोर भत्र्सना गरेको छ ।

समितिका महासचिव रोसन जङ्ग बस्नेतको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘सनातनदेखि हिन्दू धर्मावलम्वीहरुले माता श्रीलक्ष्मीको प्रतिक समेत मान्दै गौ–माताको दुध मात्र नभएर गौ–मुत्रलाई समेत पवित्र मान्दै आएका छौं । यसका अलावा राष्ट्रिय जनावरसमेत रहेकी गौ–माताको यस प्रकारले हत्या हुनुलाई सामान्य रुपमा लिन सकिँदैन् ।’ कार्यक्रममा बैंक्टेश्वर पीठाधिश पदमधराचार्यले गौ–संरक्षणमा लाग्नको लागि जोड दिएका छन् ।

उनले गौ–माताको संरक्षण गर्न नसके वर्तमान सरकार धार्मिक रुपमा निकम्मा सावित हुने दाबी गरे । हालै भएको गौ–हत्याको बारेमा पनि उनले भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे । त्यस्तै, राष्ट्रिय धर्म जागरण नेपालका संयोजक एवम् पूर्व सांसद शंकरप्रसाद पाण्डेले सुर्खेतमा भएको गौ–हत्यामा नेपालगञ्ज उपमहानगरपालिका र सरकारको मिलोमतोमा भएको आरोप लगाए ।

उनले भने,‘म आफू पनि हिजोमात्रै गौ–हत्या भएको घट्नास्थल पुगेर काठमाडौं फर्किएको छु, यसमा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकार दुवै मिलेको हाम्रो ठम्याई छ ।’ उनकाअनुसार सिधै ८ वटा ट्रिपर तथा ट्रककमा गाईहरुलाई कोचेर भीरमा लगी फालिएको प्रष्ट देखिन्छ । जगतगुरु बालसन्त आश्रमका प्रवक्ता विक्रमसिंह धामीले गौमाताको हत्या कुनै न कुनै मानेमा हुँदै आईरहेको बताउँदै सुदुर पश्चिमका जंगलमा गाई छोड्ने र गिद्धहरुलाई खुवाउने गलत काम भैरहेको पनि सुनाए ।

उनले गौमाता हत्याका दोषीलाई कारबाहीको साथै पशुपतिनाथ मन्दिर परिसरमा हुने पशुपति बाग्मती गंगा आरतीपुर्व राष्ट्रिय गान अनिवार्य बजाउने कार्यपनि गलत रहेको टिप्पणी गरे ।
कार्यक्रममा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका केन्द्रिय अध्यक्ष सागर थापाले गौहत्यामा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकारको प्रत्यक्ष संलग्नता देखिएको गम्भिर आरोप लगाए । उनले भने,‘यो घट्ना नियोजित हो । यसको सत्य, तथ्य पत्ता लगाउनको लागि पनि गम्भिर र निश्पक्ष छानबिन हुनुपर्छ ।’

थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यो घट्नाका दोषीलाई पक्राउ गरि कानुनी कठघरामा उभ्याएर आफ्नो विगतको पापहरुसमेत पखाल्नुपर्ने भन्दै सुझाव दिए । उनले भने,‘गृहमन्त्रीज्यूमाथि अहिले विगतका पाप पखाल्ने अवसर छ। विगतमा उहाँले निर्मला पन्तको बलात्कारपछिको हत्यारालाई पनि पत्ता लगाउन सक्नुभएन, अहिले पत्रकार सालिकराम पुडासैनीको आत्महत्या काण्डमा पनि उहाँ चुक्नुभयो, त्यसैले यी सबै पाप पखाल्नको लागि पनि उहाँले गौहत्यामा संलग्न दोषीमाथि कारबाही गरेर देखाउनुपर्छ ।’

उनले पनि बाग्मती गंगा आरतीमा सरकारी हस्तक्षेप कुनैपनि हालतमा आफूहरुलाई स्विकार्य नहुने चेतावनी दिए । उनले आजैबाट आफूहरुले आरतीअघि बजाउन भनिएको राष्ट्रिगान बजाउन नदिनेपनि चेतावनी दिएका छन् । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति, बाँसबारीका उपसभापति तथा पूर्वमन्त्री दिनबन्धु अर्यालले गौमाताको संरक्षण गर्न नसक्ने सरकारले उल्टै गौमातको सुनियोजित हत्या गर्ने गरेको आरोप लगाए । उनले सरकारको यस्तो गलत कार्यको आफूहरुले निन्दा गरेको पनि सुनाए । त्यस्तै, उनले बाग्मती गंगा आरतीमा सरकारी हस्तक्षेप भएको भन्दै आपत्ति जनाए ।

विश्व हिन्दू महासंघ पूनर्जागरण अभियानका अभियन्ता शरदचन्द्र दाहालले अहिले बढेको वेधर्मी कदमलाई रोक्नको लागि राजासहितको हिन्दूअधिराज्यले मात्रै सम्भव हुने बताए । दाहालले गौहत्या नरोकिए भोलिका दिनमा सन्त, महन्तलाई पनि भीरबाट लगेर खसाल्नेसम्मको षड्यन्त्र हुनसक्ने खतरा औंल्याए । विश्व हिन्दू महासंघ नेपालका महासचिव गणेश न्यौपानेले गौमाताको हत्यालाई तत्काल पक्राउ गरि कडा कारबाहीको माग गरे ।

उनले उक्त गौहत्याको निश्पक्ष छानबिन हुनुपर्ने माग गरे । त्यस्तै, उनले बाग्मती गंगा आरतीमा राष्ट्रिय गानको नाममा भएको सरकारी हस्तक्षेपको निन्दा गरे । कार्यक्रममा भागवत वाचिका अनुराधा शास्त्रीले गौमाता जनावरमात्रै नभएर प्रकति पुजक रहेको बताउँदै गाईबाट असंख्य अक्सिजनसमेत प्राप्त हुने कुरा उल्लेख गरिन् । उनले पनि गौहत्याको विरोध गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिन् ।

समितिले उक्त घट्ना नियोजित रुपमा घटाईएको हुनसक्नेपनि आशंका व्यक्त गरेको छ । विज्ञप्तीमा प्रष्ट्याईएको छ,‘नेपालगञ्ज उपमहानगरपालिाकाले दैलेखबाट गाईहरुको माग भएअनुसार पठाएको भनेपनि सो गाईहरु आफूले नमागएको बताउनुले पनि घट्ना शंकास्पद देखिएको छ ।’ सरकारले उक्त घट्नाको सत्य, तथ्य पत्ता लगाउने गठन गरेको छानबिन समितिले दोषीलाई कारबाही गर्ला भन्ने कुरामा पनि समितिलाई शंका लागेको छ ।

विज्ञप्तीमा थप भनिएको छ,‘सरकारले छानबिन गरेर दोषीलाई कारबाही होला भन्ने कुरामा शंका छ, निर्मला पन्तदेखि पत्रकार सालिकराम पुडासैनीका बारेमा समेत न्यायोचित छानबिन गर्न असक्षम सावित भएको सरकारले गौ–मातको हत्यारा पक्राउ गरेर सजाय दिन्छ भन्ने कुरा किमार्थ मान्न सकिँदैन तसर्थ घट्नालाई उचित छानबिन गरि दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछौं ।’

वर्तमान सरकारले एकपछि अर्को गरेर सनातन हिन्दू धर्म, संस्कृति र परम्परामाथि श्रृंखलावद्ध आघात पुर्याउँदै आएको समितिको आरोप छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिरको वाग्मती किनारमा वैदिक परम्पराअनुसार हुँदै आएको बाग्मती गंगा आरतीमाथि पनि गिद्धेदृष्टि लगाउँदै गंगा आरती अघि राष्ट्रियगान बजाउने निर्णय गरेकोमा पनि समितिले आपत्ति जनाएको छ । समितिले विज्ञप्तीमार्फत थप भनेको छ,‘धर्म, संस्कृति र परम्परामा आफ्नै किसिमको विधि विधान संस्कार हुने गर्दछ । त्यसलाई यो वा त्यो कारणले मिच्न वा मास्न खोज्नु, सनातन हिन्दू धर्ममाथि सरकारको हस्तक्षेप गर्ने कार्यको थालनी हो ।’

पशुपति क्षेत्र विकास कोषको कारणले पाशुपत क्षेत्रका धेरै जात्राहरु बन्द भैसकेको समितिको आरोप छ । क्षेत्र विकास कोषले पाशुपत क्षेत्रलाई व्यापारिक क्षेत्रको रुपमा विकास गर्न लागिपरेको छ ।’ समितिले सनातन हिन्दू धर्म विरुद्धका कार्य रोक्न माग गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरुसमेत सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको कार्यक्रममा यही भदौ १९ गते देशैभरिका जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ २० गते धार्मिक संघसंस्थाबीच अन्तरक्रिया गर्ने, भदौ २१ गते बिहान सरकारको सतबुद्धिको कामना गर्दा कमलादी गणेशस्थानमा पुजाआजा गर्ने, भदौ २३ गते महासंघ परिसरमा हत्या गरिएको गौ–माताहरुको चीर शान्तिको लागि श्रद्धाञ्जली सभा गर्ने, भदो २४ गते नेपालस्थित् संयुक्त राष्ट्रसंघको कार्यालययमा ज्ञापनपत्र बुझाउने रहेका छन् ।

भदौ २४ गतेसम्मपनि आफ्ना मागहरु पूरा नभए र सरकारले ध्यान नदिए बाध्य भएर दोस्रो चरणका कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्नपनि आफूहरु बाध्य हुने समितिका अध्यक्ष थापाले जनाएका छन् । उनकाअनुसार भदौ २४ गतेपछि हुने आन्दोलनमा काठमाडौं उपत्यका बन्द, नेपाल बन्ददेखि लिएर दशैंको मुखमा तीन तहका सरकार प्रमुखहरुलाई मन्दिर प्रवेशमा निषेध गराउनेसम्मका हुनेछन् ।

नले भने,‘म आफू पनि हिजोमात्रै गौ–हत्या भएको घट्नास्थल पुगेर काठमाडौं फर्किएको छु, यसमा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकार दुवै मिलेको हाम्रो ठम्याई छ ।’ उनकाअनुसार सिधै ८ वटा ट्रिपर तथा ट्रककमा गाईहरुलाई कोचेर भीरमा लगी फालिएको प्रष्ट देखिन्छ ।
जगतगुरु बालसन्त आश्रमका प्रवक्ता विक्रमसिंह धामीले गौमाताको हत्या कुनै न कुनै मानेमा हुँदै आईरहेको बताउँदै सुदुर पश्चिमका जंगलमा गाई छोड्ने र गिद्धहरुलाई खुवाउने गलत काम भैरहेको पनि सुनाए ।

उनले गौमाता हत्याका दोषीलाई कारबाहीको साथै पशुपतिनाथ मन्दिर परिसरमा हुने पशुपति बाग्मती गंगा आरतीपुर्व राष्ट्रिय गान अनिवार्य बजाउने कार्यपनि गलत रहेको टिप्पणी गरे ।
कार्यक्रममा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका केन्द्रिय अध्यक्ष सागर थापाले गौहत्यामा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकारको प्रत्यक्ष संलग्नता देखिएको गम्भिर आरोप लगाए । उनले भने,‘यो घट्ना नियोजित हो । यसको सत्य, तथ्य पत्ता लगाउनको लागि पनि गम्भिर र निश्पक्ष छानबिन हुनुपर्छ ।’

थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यो घट्नाका दोषीलाई पक्राउ गरि कानुनी कठघरामा उभ्याएर आफ्नो विगतको पापहरुसमेत पखाल्नुपर्ने भन्दै सुझाव दिए । उनले भने,‘गृहमन्त्रीज्यूमाथि अहिले विगतका पाप पखाल्ने अवसर छ। विगतमा उहाँले निर्मला पन्तको बलात्कारपछिको हत्यारालाई पनि पत्ता लगाउन सक्नुभएन, अहिले पत्रकार सालिकराम पुडासैनीको आत्महत्या काण्डमा पनि उहाँ चुक्नुभयो, त्यसैले यी सबै पाप पखाल्नको लागि पनि उहाँले गौहत्यामा संलग्न दोषीमाथि कारबाही गरेर देखाउनुपर्छ ।’

उनले पनि बाग्मती गंगा आरतीमा सरकारी हस्तक्षेप कुनैपनि हालतमा आफूहरुलाई स्विकार्य नहुने चेतावनी दिए । उनले आजैबाट आफूहरुले आरतीअघि बजाउन भनिएको राष्ट्रिगान बजाउन नदिनेपनि चेतावनी दिएका छन् । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति, बाँसबारीका उपसभापति तथा पूर्वमन्त्री दिनबन्धु अर्यालले गौमाताको संरक्षण गर्न नसक्ने सरकारले उल्टै गौमातको सुनियोजित हत्या गर्ने गरेको आरोप लगाए । उनले सरकारको यस्तो गलत कार्यको आफूहरुले निन्दा गरेको पनि सुनाए । त्यस्तै, उनले बाग्मती गंगा आरतीमा सरकारी हस्तक्षेप भएको भन्दै आपत्ति जनाए ।

विश्व हिन्दू महासंघ पूनर्जागरण अभियानका अभियन्ता शरदचन्द्र दाहालले अहिले बढेको वेधर्मी कदमलाई रोक्नको लागि राजासहितको हिन्दूअधिराज्यले मात्रै सम्भव हुने बताए । दाहालले गौहत्या नरोकिए भोलिका दिनमा सन्त, महन्तलाई पनि भीरबाट लगेर खसाल्नेसम्मको षड्यन्त्र हुनसक्ने खतरा औंल्याए । विश्व हिन्दू महासंघ नेपालका महासचिव गणेश न्यौपानेले गौमाताको हत्यालाई तत्काल पक्राउ गरि कडा कारबाहीको माग गरे । उनले उक्त गौहत्याको निश्पक्ष छानबिन हुनुपर्ने माग गरे ।

त्यस्तै, उनले बाग्मती गंगा आरतीमा राष्ट्रिय गानको नाममा भएको सरकारी हस्तक्षेपको निन्दा गरे । कार्यक्रममा भागवत वाचिका अनुराधा शास्त्रीले गौमाता जनावरमात्रै नभएर प्रकति पुजक रहेको बताउँदै गाईबाट असंख्य अक्सिजनसमेत प्राप्त हुने कुरा उल्लेख गरिन् । उनले पनि गौहत्याको विरोध गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिन् । समितिले उक्त घट्ना नियोजित रुपमा घटाईएको हुनसक्नेपनि आशंका व्यक्त गरेको छ ।

विज्ञप्तीमा प्रष्ट्याईएको छ,‘नेपालगञ्ज उपमहानगरपालिाकाले दैलेखबाट गाईहरुको माग भएअनुसार पठाएको भनेपनि सो गाईहरु आफूले नमागएको बताउनुले पनि घट्ना शंकास्पद देखिएको छ ।’ सरकारले उक्त घट्नाको सत्य, तथ्य पत्ता लगाउने गठन गरेको छानबिन समितिले दोषीलाई कारबाही गर्ला भन्ने कुरामा पनि समितिलाई शंका लागेको छ । विज्ञप्तीमा थप भनिएको छ,‘सरकारले छानबिन गरेर दोषीलाई कारबाही होला भन्ने कुरामा शंका छ, निर्मला पन्तदेखि पत्रकार सालिकराम पुडासैनीका बारेमा समेत न्यायोचित छानबिन गर्न असक्षम सावित भएको सरकारले गौ–मातको हत्यारा पक्राउ गरेर सजाय दिन्छ भन्ने कुरा किमार्थ मान्न सकिँदैन तसर्थ घट्नालाई उचित छानबिन गरि दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछौं ।’