१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीका ५६ थान मोबाइल र नगद सहित तीन जना पक्राउ



अ+ अ-

भक्तपुर । भक्तपुर महानगरीय प्रहरी वृत्त जगातीले चोरीका ५६ थान मोबाइल र नगद रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ६ खरिपाटी बस्ने २२ वर्षिय राम कुमार लामिछाने, सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं ४ घर भई हाल काठमाडौं गैरीगाउँ बस्ने २३ वर्षीय रञ्जित कुमार पण्डित र भारत नयाँ दिल्ली घर भई कामनपा ५ बालकुमारीमा फ्याल्ट भाडामा लिइ बस्ने ३३वर्षीय सत्य प्रकाश रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका मोबाइल सेट ५६ थान, ब्याट्री १८ थान, भारु ४८४०, नेरु ६२७४४ र नक्कली बील प्याड बरामद गरेको वृत्तका प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिए ।

उनीहरुले प्रयोग गर्दै आएको भ डी एल १ सि जेट ४५५३ नं भारतीय सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।