२३ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनले उठाएका विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानका मुद्दाबाट आफ्नो पार्टी विचलित नहुने बताएका छन्।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार वक्तव्य जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध युवा पुस्ता सडकमा उत्रिएको बताएका हुन्।

उनले आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई युवा पुस्ताको स्वस्फूर्त जागरण भएको उल्लेख गर्दै कुनै पनि दल वा नेताले त्यसलाई आफ्नो राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउन नहुने बताए।

लामिछानेले आन्दोलनका क्रममा ज्यान गुमाएका युवा तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। घाइते तथा शारीरिक र मानसिक चोट भोगेकाहरूको उचित उपचार, परिवारको हेरचाह र दीर्घकालीन पुनर्स्थापनाको जिम्मेवारी राज्यले पूरा गर्नुपर्ने उनको भनाइ छ।

उनका अनुसार जेनजी पुस्ताको सडक आन्दोलन परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट अस्वीकृति थियो। डिजिटल युगमा हुर्किएको र विश्वव्यापी चेतना बोकेको युवा पुस्ताले देशभित्रै आफ्नो भविष्य खोजिरहेको भन्दै उनले अब कुशासन स्वीकार्य नहुने सन्देश आन्दोलनले दिएको बताए।

लामिछानेले रास्वपा र आफूबाट पनि नागरिकले जवाफदेहिता खोज्ने समय आएको स्वीकार गरेका छन्। उनले युवा, नागरिक समाज तथा आम नागरिकलाई सरकार र राजनीतिक नेतृत्वको निरन्तर खबरदारी तथा कार्यसम्पादनको निर्मम समीक्षा गर्न आग्रह गरे।

तर नागरिक आक्रोशलाई निराशामा रूपान्तरण हुन नदिनुपर्नेमा जोड दिँदै उनले त्यसलाई राष्ट्र निर्माणको शक्तिमा बदल्न सबै एकताबद्ध हुनुपर्ने बताए।

‘जागरणको त्यो आँधी’ले देखाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको बाटोबाट रास्वपा एक इन्च पनि विचलित नहुने उनको दृढ प्रतिबद्धता छ।