७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीका कम्प्युटर नै अशुरक्षित, ह्याकरले फिरौती रकम माग्दै



अ+ अ-

काठमाडौं । एटिएम ह्याक गरी बैंकको पैसा झिक्ने अन्तर्राष्ट्रिय ह्याकर पक्राउ गर्न सफल नेपाल प्रहरी आफैँ साइबर हमलाको सिकार भएको छ । नेपाल प्रहरीको केन्द्रीय तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कम्प्युटर ह्याक भएको हो ।
प्रहरी स्रोतका अनुसार ह्याकरले प्रतिष्ठानस्थित प्रहरीको अधिकृत क्याडेडका लागि तयार तालिम सामग्री नै ह्याक गरेका छन् । जुन अत्यन्त गोप्य डकुमेन्ट हुन् । फाइलभित्र राखिएको डकुमेन्ट खोल्न खोज्दा ह्याकरले फिरौती रकम माग्ने प्रहरी स्रोतले जनायो । ‘एकेडेमीको कम्प्युटर ह्याक भएको रहेछ । फाइल ओपन गर्न खोज्दा फिरौती रकम माग्छ । यो गतिविधि कहाँबाट कसरी भइरहेको छ कुनै भेउ पाउन सकिएको छैन । अनुसन्धान निकै जटिल देखिएको छ,’ स्रोतले भन्यो ।

कम्प्युटरका डकुमेन्ट ह्याक भएको तथ्य महिना दिनअघि थाहा पाएको हो । त्यसपछि घटना अनुसन्धान गर्न प्रतिष्ठानले प्रहरी प्रधान कार्यालयस्थित साइबर ब्युरोलाई जिम्मा लगाएको छ । तर, अनुसन्धान टुंगिएको छैन । केही दिनमै परिणाम आउने अपेक्षामा प्रहरी छ । ब्युरो प्रमुख डिआइजी विकास श्रेष्ठले प्राविधिक पाटो भएकाले प्राविधिज्ञसँग बुझेर मात्रै जानकारी दिन सकिने बताए । ‘कतिपय काम प्राविधिकबाट हुन्छ । के भइरहेको छ, यस सम्बन्धमा म जानकार भइनँ । प्राविधिकसँग बुझेर मात्रै यसबारे बोल्नुपर्ने हुन्छ । थप कमेन्ट नगरौँ,’ उनले भने ।

प्रतिष्ठानका प्रवक्ता एसपी तारादेवी थापाले तालिम केन्द्रको कम्प्युटर प्रधान कार्यालयबाटै रिकभर भइरहेको बताइन् । उनले भनिन्, ‘तालिम केन्द्रका कम्प्युटरमा केही समस्या आएको सुनेकी हुँ । यसको रिकभर हेडक्वार्टरबाटै हुने हो । त्यो भइरहेको होला । यस सम्बन्धमा नयाँ के भइरहेको छ, जानकारी भएन ।’ प्रहरीका अनुसार यस्ता आक्रमण नेपालमा खासगरी भूकम्पका वेला धेरै भएका थिए । त्यतिवेला राष्ट्रपति कार्यालयदेखि नेपाली सेनाका कम्प्युटरमा समेत साइबर हमला भएको थियो ।

पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्–नेपाल प्रहरीसँग कम्प्युटर सेक्युरिटी टिम नहुँदा साइबर हमलाको जोखिम सधैँ छ
साइबर अपराध अनुसन्धानका लागि नेपाल प्रहरीसँग कम्प्युटर सेक्युरिटी इन्सिडेन्ट रेस्पोन्स टिम ९सर्ट० छैन । यो साइबर हमलासम्बन्धी अनुसन्धान गर्ने इन्फर्मेसन टेक्नोलोजीसँग सम्बन्धित व्यावसायिक समूह हो । ‘सर्ट’ले हमलाअघि नै सूचना दिने, हमलापछि पनि अनुसन्धान गर्ने र साइबर हमला हुनबाट बच्ने तरिका सिकाउँछ । संसारका विकसित मुलुकका सबै प्रहरी संगठनसँग ‘सर्ट’ टिम छ । तर, नेपाल प्रहरीसँग छैन । , समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।