२२ भाद्र २०८३, सोमबार
,
Latest
सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग राष्ट्रपति पौडेल बाढीपीडितको अवस्था बुझ्न नुवाकोट जाँदै तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व



अ+ अ-

सिन्धुपाल्चोक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध चयन हुनुभएको छ ।

जिल्ला अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । निर्वाचन समितिका संयोजक ध्रुव थापाका अनुसार थापाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।

कार्यसमितिका अन्य पदाधिकारी भने पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ ।

अधिवेशनको उद्घाटन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गर्नुभएको थियो । उहाँले राजनीतिक नेतृत्वले आफ्नो व्यवहार र कार्यशैली सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस