२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा



अ+ अ-

कञ्चनपुर। गएरातिदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरको बेदकोट नगरपालिका-३ र ४ घटानथान जोड्ने चौधर नदीको झोलुङ्गे पुल खसेको छ ।

नदीको कटानले पुल आसपासका संरचनामा क्षति पुर्याएपछि चौधर नदीमा रहेको झोलुङ्गे पुल खसेको बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार नदी कटानका कारण उक्त पुल नजिकैको पक्की पुलसमेत जोखिममा परेको छ । “नदीमा आएको बाढीले कटान गरेपछि झोलुङ्गे पुल खसेको हो”, उहाँले भन्नुभयो, “नदीको कटानका कारण नजिकै रहेको पक्की पुल पनि जोखिममा परेको छ ।”

उहाँका अनुसार निरन्तरको वर्षाका कारण पालिकाभित्रका खेतबारी पनि डुबानमा परेका छन् । लगातार वर्षाले नदी तथा खोलानालामा पानीको सतह बढ्न थालेपछिले पालिकाले नगर प्रहरी र वडाध्यक्षहरूमार्फत नागरिकलाई सतर्क रहन सूचनामार्फत आग्रह गरेको चन्दले बताउनुभयो ।

बेदकोट-४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले बगाएको झोलुङ्गे पुल पहिलादेखि जोखिममा रहेको बताउनुभयो । “गत वैशाखमा बसेको नगर कार्यपालिका बैठकमा पुल जोखिममा रहेकाले मर्मत गर्नुपर्ने भनेका थियौँ”, उहाँले भन्नुभयो, “वडाको बजेटबाट सम्भव हुँदैन नभएकाले नगरपालिकासँग समन्वय गरिरहेका थियौँ ।”

यसैबीच, कञ्चनपुरमा निरन्तर वर्षाका भइरहेकाले नदी तथा खोलानालामा पानीको सतह बढेको छ । मौसम पूर्वानुमान महाशाखाले जिल्लाको बेदकोट, भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा भारी वर्षाको सम्भावना रहेकाले सरोकार भएका निकायलाई नदी आसपासको क्षेत्रमा निगरानी बढाउन, समुदायलाई सूसुचित गराउन र आवश्यक तयारी सुरु गर्न सूचना जारी गरेको छ ।

त्यसैगरी महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल-भारत जोड्ने वनवासास्थित शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ ।

इलाका प्रहरी कार्यालय ड्डाचौकीका प्रमख जीवन गुरुङका अनुसार आज साँझ ५ः०० बजेको जलमापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ ।

महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा सुरक्षाको कारण देखाउँदै चारपाङ्गे्रे सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आइएको छ । रासस