२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी



अ+ अ-

काठमाडौँ। भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ र विद्युत् गृहमा फसेकाको उद्धारको प्रयास आज पनि जारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित विदेशी विज्ञ र आयोजनाको प्रतिनिधि सम्मिलित उद्धार टोलीले जलविद्युत् आयोजनाको संरचनामा हराइरहेकाको खोजी गरिरहेको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सुरक्षाकर्मी र आयोजनाका प्रतिनिधि रसुवागढी जलविद्युत् आयोजनाको ‘पावरहाउस’ र ‘कन्ट्रोल रुम’ सम्म पुगी खोजी गरेका छन् । त्यस्तै त्रिशूली-३ ‘ए’ को पावरहाउस तथा टनेलमा सैनिक फौज उद्धार उपकरणसहित खोज तथा उद्धारमा निरन्तर खटिएको छ ।

त्रिशूली-३‘ बी’ मा अडिट-२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट-१ बाट निस्किएका छन् । अडिट-२ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेका सेनाले जनाएको छ ।

चिलिमे जलविद्युत् आयोजनामा विदेशीसहितको संयुक्त टोलीले ‘मिनी एक्साभेटर’ र पम्पको सहायताले लेदो फाल्ने काम गरेको र हेलिकप्टरबाट स्याफ्रुबेँसीमा झारेको एक्साभेटर टनेल इलाकामा लैजाने काम भइरहेको छ ।

माथिल्लो त्रिशुली-१ मा विदेशीसहितको टोलीले थर्मल क्यामेरामार्फत सुरुङभित्र खोजी गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।

सेनाले नुवाकोटको विदुर नगरपालिका-५ देवीघाटस्थित तादी नदीमा ‘एक्रो ब्रिज’ जडानलाई तीव्र बनाएको छ । सेनाको इन्जिनियरिङ फौजबाट खटिएका ५५ जनाको टोलीले पुल निर्माण गरिरहेको छ । सैनिक हेलिकप्टरमार्फत आज प्रभावित इलाकाबाट १३ जनाको उद्धार गरिएको छ । हालसम्म हेलिकप्टरमार्फत तीन हजार ९७५ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।

प्रभावित क्षेत्रका मैलुङदेखि स्याफ्रुबेँसी इलाकासम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य गरिरहेको सेनाले जनाएको छ । विपद् व्यवस्थापनका लागि रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वका प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा सैनिक परिचालित भएका छन् । रासस