२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा



अ+ अ-

गुल्मी। गुल्मीका बाख्रामा देखिएको पेस्ट डेस पेटिट्स रुमिनान्ट्स (पिपिआर) रोग नियन्त्रणमा आएको छ ।

जिल्लाको मदाने गाउँपालिका-६ न्वारामा स्थानीय कृषक नारायण कुँवरले पालेको बाख्रामा गत तीन साता अघि पिपिआर रोगको सङ्क्रमण देखिएको थियो ।

पिपिआर (भेँडा-बाख्रामा लाग्ने हैजा) फैलिएको क्षेत्रमा पशु आवतजावतमा रोक लगाउनुका साथै प्राविधिक टोली परिचालन गरी सङ्क्रमित बाख्राको उपचार र मरेका पशुलाई सोही ठाउँमा व्यवस्थापन गरेपछि रोग पूर्ण रूपमा नियन्त्रणमा आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले जानकारी दिनुभयो ।

मदाने गाउँपालिका-६ न्वाराका बाख्रामा पिपिआरको सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १ गते सार्वजनिक सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको थियो । सङ्क्रमण देखिएको क्षेत्रलाई केन्द्रित गरी २१ दिनसम्म निगरानी तथा आवश्यक नियन्त्रणका उपाय अपनाइएपछि हाल उक्त क्षेत्रमा सङ्क्रमण नियन्त्रणमा आएको केन्द्रका प्रमुख पाण्डेले बताउनुभयो ।

भेटेरिनरी कार्यालयका अनुसार प्रारम्भिक चरणमा न्वारा क्षेत्रमा पिपिआरका कारण चार वटा बाख्रा मरेका थिए भने आठ वटा बाख्रामा सङ्क्रमण पुष्टि भएको थियो । उक्त ठाउँमा गत साउनको दोस्रो साता अर्घाखाँचीको धारा पानीबाट दुई वटा बोका ल्याएपछि स्थानीय किसानले पालेका बाख्रामा रोगका लक्षण देखिएको उहाँले बताउनुभयो ।

रोगको लक्षण देखिएलगत्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पशु चिकित्सक सोनिया थापासहितको टोली प्रभावित क्षेत्रमा पुगेर सङ्क्रमित बाख्राको नमूना सङ्कलन गरेको थियो । सङ्कलित नमुना पशु रोग अन्वेषण प्रयोगशाला नवलपरासी पठाइएकोमा परीक्षणबाट पिपिआर रोग पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

रोग पुष्टि भएपछि मदाने गाउँपालिकाको पशुसेवा प्राविधिक टोली किसानका खोरमै पुगेर सङ्क्रमित बाख्राको उपचारमा जुटेको थियो । त्यसैगरी केन्द्रका प्रमुख पाण्डेको नेतृत्वमा थप टोलीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्थाबारे जानकारी लिएको थियो ।

पिपिआर रोग पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भेडा तथा बाख्रामा तीव्र रुपमा रोग फैलिन सक्ने भन्दै किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका थिए ।

न्वारा गाउँलाई पिपिआर प्रभावित क्षेत्र घोषणा गर्दै नियन्त्रणमा नआउँदासम्म उक्त क्षेत्रबाट बाख्रा तथा भेडा ओसारपसारमा रोक लागाइएको थियो ।

पिपिआर बाख्रा तथा भेडामा देखिने सङ्क्रामक रोग भएका कारण उक्त रोगको सम्भावित जोखिम कम गर्न पशु ओसारपसारमा सावधानी अपनाउन र समयमै खोप लगाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले किसानलाई आग्रह गरेको छ । रासस