४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिन र मोदीबीच रुसको भ्लाडिभोस्टकमा वार्ता हुने



अ+ अ-

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदैछ । दुबै नेताबीच ऊर्जा र हतियार बिक्रीका बारेमा पनि छलफल हुने बताइएको छ ।

रुसको भ्लाडिभोस्टक शहरमा आयोजना हुने पूर्वी आर्थिक मञ्च ९इस्टर्न एकोनमिक फोरम० को बैठकमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी हाल रुस पुगेका छन् । रुसको आयोजनामा सन् २०१५ देखि भ्लाडिभोस्टकमा वर्षैपिच्छे आयोजना हुने यस सम्मेलनमा एसियाली मुलुकहरुबीच आर्थिक साझेदारी प्रबद्र्धनका विषयमा छलफल हुने गर्दछ ।

रुसले सन् २०१४ मा क्रिमियालाई कब्जा गरेपछि पश्चिमी राष्ट्रले आर्थिक प्रतिबन्ध लगाएसँगै रुसले यो मञ्च स्थापना गरेको थियो । राजनीतिक रुपमा रुस र भारतबीच कुनै मतभेद नरहेको बताउँदै वल्र्ड इकोनोमी इस्टिच्यूटका विश्लेषक अलेक्सी कुप्रियानोभले दुबै नेताबीच आर्थिक विषयमा छलफल हुने बताए ।

उनले रुसको पूर्वतर्फ प्रशान्त क्षेत्रमा चीन बाहेकका मुलुकको पनि लगानी भित्र्याउन रुस इच्छुक देखिएको बताए । यस क्षेत्रमा भारतीय लगानीको सम्भावना पहिल्याउन दुबै नेताबीच छलफल हुन सक्छ, उनले भने ।

सम्मेलनअघि मोदी र पुटिनले जेज्दा शहरको भ्रमण गरी त्यहाँका उद्योगको स्थलगत जानकारी लिनेछन् । उनीहरु दुबैले एकअर्कालाई सन् २००१ देखि नै चिन्छन् । रुसी मिडियालाई दिनुभएको अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री मोदीले दुबै देशबीच विगत लामो समयदेखि विशेष सम्बन्ध रहेको बताएका छन् ।

दुबै मुलुकबीच सन् २०१८ मा करिब ११ अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको थियो । भारतले गत वर्ष रुसबाट ५ अर्ब अमेरिकी डलरमा एस–४०० हवाई प्रतिरक्षा प्रणाली गरेको थियो ।