२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा जीप दुर्घटना : एक बालकको ज्यान गयो, २२ जना घाइते



अ+ अ-

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–३, दिमिकमा तिज मनाएर फर्किएका महिलाहरु जीप दुर्घटना परेको छन् ।

पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको ग १ ज ३८४१ नम्बरको जीप गल्याङ बजारनजिकै बुटवल पावर कम्पनीको उकालो सडकमा दृर्घटना हुँदा एक जना बालकको ज्यान गएको छ । त्यस्तै दुर्घटनामा परि २२ जना घाइते भएका छन् ।

दुर्घटनामा परि मृत्यु भएका अन्दाजी साढे २ वर्षीय बालकको सनाखत हुन बाँकी छ । घाइतेमध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । दुई जनाको गल्याङमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

थप उपचारका लागि पाल्पाको तानसेन पठाइएका घाइतेमध्ये १२ महिला र ८ जना पुरुष रहेका छन् । जिप झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ ।