४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकको पक्षमा ल्याइएको ऐन प्रमाणीकरण



अ+ अ-

काठमाडौं । सरकारले चिकित्सकको पक्षमा ल्याएको मुलुकी ऐन, मुलुकी अपराध संहिता ऐन र मुलुकी फौजदारी कार्यविधि ऐन प्रमाणीकरण गरेको जनाएको छ ।

नेपाल सरकारले २०७५ साल भदौं १ गते देखि लागू गरेको मुलुकी ऐन,मुलुकी अपराध संहिता ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ ले नेपालका चिकित्सक तथा स्वाथ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित गरिएको थियो ।

जसले गर्दा बिरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न हुने भएको भन्दै परिवर्तन गर्नुपर्ने माग गत वर्षदेखि चिकित्सकहरुले गर्दै आइरहेका थिए ।

उक्त परिमार्जित संहिताको दफा १८९ मा उपदफा ९२० र ९४० थप गरी यस संहितामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए ता पनि अपराध संहिताको दफा २३१, २३२, २३३ र २३८ बमोजिमको कसूरको अनुसन्धानका लागि नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ सदस्य अनुसन्धान समिति गठन गर्ने व्यवस्था भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उपचारको क्रममा बिरामीको निधन भएको खण्डमा अनुसन्धान समितिले कसूर गरेको प्रमाण भेटिएको खण्डमा मात्र मुद्दा चलाउन पठाउने व्यवस्था गरि परिमार्जन भएको जनाएको छ ।