४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्याण्डमा बस दुर्घटनामा छ जना चिनियाँ पर्यटकको मृत्यु



अ+ अ-

वेलिङटन । न्युजिल्यान्ड रोटोर्वानजिकै चिनियाँ पर्यटक चढेको एक बस दुर्घटनामा पर्दा छ जना चिनियाँ नागरिकको मृत्यु भएको चिनियाँ राजदूतावासले पुष्टि गरेको छ ।

न्युजिल्याण्डमा रहेको चिनियाँ राजदूतावासका अधिकारीहरुले सो दुर्घटना भएको र त्यसमा परी छ जना चिनियाँ नागरिकको ज्यान गएको जानकारी दिएका छन् ।

चिनियाँ पर्यटक चढेको यो बस चीनको सिचुआन प्रान्तको पर्यटक समूहसँग आवद्ध भएको चिनियाँ राजदूतावासले दिएको जानकारीमा उल्लेख छ ।

चिनियाँ दूतावासले बुधबार विज्ञप्तिमा प्रकाशन गर्दै आकस्मिक छानबीनको संयन्त्र सुरू गरेको जनाएको छ । दूतावासबाट नै छानबीन समिति गठन गरी उक्त सवारी दुर्घटनाको कारणको बारेमा छानवीन गरिने जानकारी दिइएको छ ।

चिनियाँ राजदूत वु सिले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र उनीहरुका आफन्तप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइते चिनियाँ पर्यटकलाई सहयोग गर्न दूताबासका कर्मचारी निर्देशन दिएका छन् ।

चिनियाँ दूतावासले न्यूजिल्याण्ड सरकारलाई घाइतेहरुलाई बचाउन प्रभावकारी कदम चाल्न, दुर्घटनाको कारण छिटो भन्दा छिटो पत्ता लगाउन आग्रहसमेत गरेको छ । सो दुर्घटना भएको समयमा २० भन्दा बढी व्यक्ति बसमा सवार रहेको न्युजिल्याण्ड प्रहरीले जानकारी दिएको छ ।