२० भाद्र २०८३, शनिबार
,
Latest
सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…



अ+ अ-

काठमाडौँ। ११ दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै पुरिएको अवस्थामा मृत फेला परे ।

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार गर्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४ वर्षीया चन्द्रीकाको आज अपराह्न जीवितै उद्धार गरेको हो ।

प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा खटिएको प्रहरीले बेत्रावतीस्थित नदीको बगर तथा क्षतिग्रस्त संरचनामा आवश्यक खोजी जारी राखेको थियो । सोही क्रममा आनन्दलालको चारतले घरको छतमा पुगेपछि भित्रबाट आवाज आएको सुनिएको प्रहरी निरीक्षक दर्नालले बताउनुभयो ।

पर्खालमा सानो प्वाल बनाएर खोजी गर्दा भित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज सुनिएको थियो । “त्यसपछि पर्खाल फुटाएर उहाँको उद्धार गर्न सफल भएका हौँ”, प्रहरी निरीक्षक दर्नालले भन्नुभयो ।

उद्धार गरिएकी चन्द्रीकालाई नेपाली सेनाको हेलिकप्टरद्वारा वीरेन्द्र सैनिक अस्पताल छाउनी ल्याएर उपचार भइरहेको छ । अहिले उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । रासस