१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

नेपाली सेना जनतासँग एकाकार छ : कावा प्रधानमन्त्री

नेपाली सेना जनतासँग एकाकार छ : कावा प्रधानमन्त्री
अ अ+ अ-

वीरगञ्ज । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले दिएको जिम्मेवारी तोकिएको समयभित्रै पूरा गरेको भन्दै नेपाली सेनाको प्रशंसा गरेका छन् ।

बारा तथा पर्साका केही स्थानमा गत चैत १७ गते आएको ‘टर्नोडो’बाट प्रभावित जनतालाई आवास हस्तान्तरण गर्न यहाँ बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली सेनाले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको रक्षा गर्दै विपद्का समयमा जनताले भरोसा गर्नसक्ने संस्थाका रुपमा आफूलाई उभ्याउन सफल भएको बताए ।

‘राष्ट्रिय सुरक्षा मात्र होइन, नेपाली सेनाले जनतासँग एकाकार र समर्पित भएर भूमिका खेल्दै आएको छ’, उनले भने, ‘ राज्यको महत्वपूर्ण अङ्गका रुपमा पूर्वदेखि पश्चिमसम्म भरोसा गर्न सक्ने विश्वास दिलाएको छ ।’

स्वास्थ्य उपचारका क्रममा सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित जनतालाई घर हस्तान्तरण गर्न लागिएका बारेमा आफूसँग टेलिफोनमार्फत चासो व्यक्त गर्नुभएको सुनाउँदै कावा प्रधानमन्त्री पोखरेलले सो क्रममा प्रधानमन्त्रीले आवास निर्माण सम्पन्न भएकामा सबैलाई बधाई ज्ञापन गरेको जानकारी दिए ।

मुलुक राजनीतिक स्थिरतासँगै अगाडि बढेको उल्लेख गर्दै उनले वर्तमान सरकार जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्ने ढङ्गबाट लागिपरेको बताए ।

‘सरकार जनताका सामु गरिएको प्रतिबद्धता पूरा गर्न लागिपरेको छ । यसमा सबैको सहयोग आवश्यक छ’, पोखरेलले भने, ‘सरकार जनताको हितमा रहिरहनेछ, जो जुन ठाउँमा छौँ, जनताको पक्षमा भूमिका खेलौँ ।’

सो अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मितव्ययीता अपनाएर छोटो समयमा घर निर्माण गरी नेपाली सेनाले उदाहरणीय काम गरेको उल्लेख गर्दै जुनसुकै विषम परिस्थितिमा पनि नेपाली जनताको साथ दिने सेनाको भूमिका प्रशंसनीय रहेको बताए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा गर्दै विपद्को समयमा जनतालाई साथ सहयोग गर्न प्रतिबद्ध रहिरहने बताए । प्रतिकूल मौसमका बाबजुद पनि सेनाले तोकिएको समयमै आवास निर्माण सम्पन्न गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सरकारले तोकेको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने बताए।

८६९ घर हस्तान्तरण

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री राउतले जनता आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत सेनाले निर्माण गरेको आवास हस्तान्तरण प्रमाणपत्र बारा र पर्साका प्रभावित स्थानीय तहका प्रमुखलाई प्रदान गरेको थिए । विविध चुनौतीका बाबजुद सेनाले चार महीनाको अवधिमा ८६९ आवास निर्माण सन्पन्न गरेको हो ।

सरकारले चैत २१ गते क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । नेपाली सेनाको २८ नं बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माणकार्य पूरा गरेको हो ।

मूल्य अभिवृद्धिकरसहित प्रतिघर चार लाख ८४ हजार ८८८ रुपैयाँ ६० पैसाको लागतमा आवास निर्माण गरिएको हो । आवास निर्माणका लागि सरकारले रु ८४ करोड ६८ लाख ७६ हजार रकम उपलब्ध गराएको थियो । उक्त आवास निर्माण कार्यमा दुई हजार ६६५ सैनिक र तीन हजार ६७७ गैरसैनिक परिचालित भएका थिए ।

उक्त क्षेत्रको पुनःनिर्माण, पुनःस्थापना, सहजीकरण र समन्वय गर्न गठित समितिले साउनको अन्तिम साता जिम्मेवारी पूरा गर्ने लक्ष्य लिएकामा तराई–मधेशमा आएको बाढी र डुबानका कारण केही दिन निर्माणकार्य स्थगन गर्नुपरेको थियो । बाढी तथा डुबानका कारण नौ दिन निर्माणको काम बन्द गर्नुपरेको सेनाले जनाएको छ ।

नेपाली सेनाले ८६९ वटा घर निर्माण गर्न कूल विनियोजित रकमको ५३ दशमलव ८३ प्रतिशत अर्थात् ६७ करोड ९३ लाख १७ हजार ४८३ रुपैयाँ खर्च गरेको छ । सेनाले घर निर्माण गर्दा प्रतिघर ११ दशमलव १९ प्रतिशत रकम बचत गरेको छ । दुई वटा कोठा, सानो भन्छाकोठा, बरण्डा र एउटा शौचालय भएको सो घरको क्षेत्रफल ३४८.६ वर्गफिट रहेको छ । हावाहुरी थेग्ने, भूकम्परहित, वातावरण अनुकूलको भवन निर्माण गरिएको सेनाले जनाएको छ ।