७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

दसैं अग्रिम टिकट बुकिङ अझै अन्योल, अर्को साता मिति तय गर्ने समझदारी

दसैं अग्रिम टिकट बुकिङ अझै अन्योल, अर्को साता मिति तय गर्ने समझदारी
अ+ अ-

काठमाडौं। दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन सरकार र यातायात व्यवसायीले अन्तिम तयारी गरेका छन् । तर, कहिले र कसरी खुलाउने भन्नेमा अझै अन्योल देखिएको छ । बस व्यवस्थापन कसरी गर्ने भन्ने विषयले अग्रिम टिकट बुकिङ खुलाउने विषय अन्योलमा परेको हो ।

व्यवसायीले यातायात समिति खारेजीपछि नयाँ बस नथपिएकाले व्यवस्थापन गर्न कठिन भएको जनाएका छन् । उनीहरूले भाडा बढाउनुपर्ने विषयलाई पनि घुमाउरो पाराले अघि सारेका छन् । भाडा नबढेको पाँच वर्ष भइसकेको र यस अवधिमा पार्टपुर्जा र कर्मचारीको तलब धेरै बढेको तथा उपत्यकाबाट यात्रु लिएर जाने र उपत्यका भित्रिँदा खाली आउनुपर्ने अवस्था रहेकाले भाडाको विषयमा समस्या बुझिदिन सरकारसँग आग्रह गरेका छन् ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघबीच बुधबार अग्रिम टिकट बुकिङ खुलाउने तयारीसम्बन्धी छलफल भएको थियो । दुई पक्षीय छलफलमा सबै तयारी पूरा गरी अर्को साता अग्रिम टिकट बुकिङ खुलाउने मिति तय गर्ने सहमति भएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले दसैंको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल भएको र अर्को साता पुनः बैठक बसेर मिति तय गरिने बताए । ‘अर्को हप्ता सबै तयारी गरेर आउन व्यवसायीलाई आग्रह गरेका छौं, गत वर्ष कति यात्रुले टिकट काटे, ती रुटमा चल्ने बसको अवस्था के कस्तो छ, बसको अभाव हुने भए कसरी पूर्ति गर्नेलगायत विषयमा उहाँहरूले तयारी गरेर आउनुहुन्छ त्यसपछि टिकट खुलाउने मिति तोक्ने तयारीमा छौं,’ महानिर्देशक हमालले राजधानीसँग भने ।

महासंघका महासचिव शरद सिटौलाले विभागका महानिर्देशकले आह्वान गरेको बैठकमा दसैं टिकटका विषयमा छलफल भएको र आन्तरिक छलफल गर्नुपर्ने भएकाले अर्को साता पुनः बैठक बसेर टुंगो लगाउने बताए । उनले टिकट कहिले खुलाउने भन्दा पनि कसरी व्यवस्थापन गर्ने भन्ने विषय महत्वपुर्ण रहेको बताए । ‘अहिले नयाँ गाडी आउने सम्भावना छैन, यो क्षेत्रको अन्योलता र बैंकहरूले लगानी गर्न पनि रुचि नदेखाएकाले गाडीको व्यवस्थापन कसरी गर्ने भन्ने मुख्य कुरा हो, व्यवस्थापन भएमा टिकट त एक सातामा नै खुलाएर व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने ।
महासचिव सिटौलाले अघिल्लो वर्ष कति यात्रुले टिकट काटेको भन्नेलगायतका सबै तथ्यांक संकलन गरेर के कति बस आवश्यक पर्ने र त्यसको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा आन्तरिक तयारी गरिने बताए । उनले आन्तरिक गृहकार्यपछि पुनः विभागसँग छलफल गरेर दसैं टिकटसम्बन्धी निर्णय हुनेसमेत जानकारी दिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।