१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा



अ+ अ-

काठमाडौँ। नेपाल सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि घोषणा गरेको राहत तथा पुनरुत्थान प्याकेजको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले स्वागत गरेको छ।

सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गर्दै भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था र बीमा दाबी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको छ। विपद्बाट प्रभावित व्यवसायलाई तत्काल राहत दिँदै पुनः सञ्चालनको वातावरण निर्माण गर्न सरकारले चालेको कदम सकारात्मक रहेको नाडाले जनाएको छ।

विशेषगरी बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त वा बगाएर हराएका व्यावसायिक सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका साधन पुनः आयात गर्दा भन्सार महसुल छुट दिने निर्णयले अटोमोबाइल तथा ढुवानी व्यवसायीलाई ठूलो राहत पुग्ने नाडाको विश्वास छ।

त्यस्तै, बाढीबाट क्षतिग्रस्त मेसिनरी तथा उपकरण पुनः आयात गर्दा दिइएको सहुलियतले व्यवसाय पुनःस्थापनामा महत्वपूर्ण सहयोग पुग्ने नाडाले जनाएको छ।

बाढी प्रभावित ऋणीलाई कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण तथा ब्याजमा सहुलियत दिने व्यवस्थाले व्यवसायीमाथिको तत्कालीन वित्तीय दबाब कम गर्ने नाडाको भनाइ छ। क्षतिग्रस्त सवारी तथा उपकरण पुनः खरिदका लागि थप कर्जा उपलब्ध गराउने व्यवस्था व्यवसायलाई निरन्तरता दिन महत्वपूर्ण हुने पनि नाडाले जनाएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्पछि निजी क्षेत्रलाई पुनः उठाउन सरकारले कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकीकृत रूपमा सम्बोधन गर्नु सकारात्मक कदम भएको बताउनुभयो।

“विपद्पछि निजी क्षेत्रलाई पुनः उठाउन सरकारले कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकीकृत रूपमा सम्बोधन गर्नु अत्यन्त सकारात्मक कदम हो। यसले प्रभावित व्यवसायीलाई पुनः व्यवसायमा फर्किन महत्वपूर्ण आधार प्रदान गर्नेछ,” अध्यक्ष उप्रेतीले भन्नुभयो।

नाडाले सरकारको निर्णयलाई शीघ्र, सरल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै, बाढीबाट भएको वास्तविक क्षतिको अध्ययन गरी आवश्यकता पहिचानका आधारमा दोस्रो चरणको पुनरुत्थान प्याकेजसमेत ल्याउन सरकारसँग माग गरेको छ।