७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

नामाकरण र राजधानी प्रस्ताव दर्तामै सीमित

नामाकरण र राजधानी प्रस्ताव दर्तामै सीमित
अ+ अ-

जनकपुर । प्रदेश २ को स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव दर्तामै सीमित भएको छ। प्रस्ताव दर्ता भएको एक साता बितिसक्दा पनि यसबारे न दलीय न अन्तरदलीय छलफल सुरु भएको छ।

प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले प्रस्ताव दर्ता भएदेखि राजधानी र नामाकरणको विषयमा कुनै छलफल र बहस नभएको बताए। ‘प्रस्ताव दर्ता गराउनुअघि संसदीय दलमा छलफल गरी पार्टीका तर्फबाट साझा प्रस्ताव ल्याउने सहमति गरेका थियौं,’ विश्वकर्माले भने, ‘प्रस्ताव दर्ता भइसकेपछि न अर्को दलसँग न नेकपाभित्रै कुनै छलफल भएको छ।’ प्रदेशसभा बैठक सुरु नभएसम्म यसबारे औपचारिक छलफल हुने सम्भावना पनि नदेखिएको उनी बताउँछन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहाले पनि प्रदेश नामाकरण र राजधानी विषयमा अर्को पार्टीसँग अहिलेसम्म छलफल नभएको बताए। प्रस्ताव दर्तालगत्तै प्रदेशसभा बैठक चलेको भए यो विषयले प्राथमिकता पाउँथ्यो तर बैठक अनिश्चित भएपछि सबै दलका सांसद आआफ्नो काममा लागेको बताए। ‘प्रस्ताव दर्ता भएको दुई दिनपछि सभामुखले बैठक आह्वान गर्नुभएको थियो,’ उनले भने, ‘खै के भएर होला सत्तापक्षबाटै बैठक स्थगन गर्न माग भएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक रोकियो। बैठक स्थगनको सूचना पाएलगत्तै सबै सांसद क्षेत्रतिर गइदिएपछि के छलफल हुनु १’

प्रदेश सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादवले पनि यसबारे औपचारिक छलफलमा जुट्न नसकेको स्वीकारे। ‘प्रस्ताव दर्ता भएपछि अहिलेसम्म नाम र राजधानीबारे दलहरुबीच औपचारिक छलफल नभएको सही हो,’ उनले भने। नाम र राजधानी प्रस्ताव सहमतिमै टुंग्याउनुपर्ने भए पनि उपयुक्त समय नमिलेर यो विषयमा केन्द्रित हुन नसकेको उनको भनाइ थियो। यादवका अनुसार प्रदेशसभा सचिवालयमा फरकफरक प्रस्ताव दर्ता भए पनि सहमति जुटाउन ठूलो समस्या छैन। ‘राजधानीको सवालमा करिब सबै दलले जनकपुरलाई प्रस्ताव गरेको देखिन्छ।

राजधानी क्षेत्रको चौहदी तोक्न केही फरक मत भए पनि छलफलले टुंगिने मेरो विश्वास हो,’ उनले भने। यादवले नामाकरणमा पनि सत्तापक्षको प्रस्तावमा नेकपा र कांग्रेस सहमत हुने सम्भावना रहेको जिकिर गरे। राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका प्रमुख सचेतक परमेश्वर साहले भने दल र प्रमुख नेताहरुको आआफ्नै सुर र तालका कारण प्रदेशको राजधानी र नामाकरणमा अहिलेसम्म साझा धारणा कायम गर्न पहल हुन सकेको छैन। उनी भन्छन्, ‘मुख्यमन्त्रीजीलाई साइकल बाँड्दाबाँड्दै फुर्सद छैन। राजपा आन्तरिक द्वन्द्वमै फँसिरहेको छ। सत्तापक्षबाटै पहल नभए नेकपा र कांग्रेसले पनि के गरुन ?’

प्रदेशसभा नामबारे चार तथा राजधानीका लागि पाँचवटा प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएका छन्। प्रदेशसभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपाले नाम ‘जानकी प्रदेश’ र राजधानी ‘धनुषा जिल्ला’ प्रस्ताव गरेको छ। नेपाली कांग्रेसले नाम ‘मिथिला–भोजपुरा प्रदेश’ र राजधानी ‘जनकपुरधाम उपमहानगरपालिका’ प्रस्ताव गरेको छ। कांग्रेसकै अर्को पक्षले नाम ‘मध्य–प्रदेश’ र राजधानी ‘वीरगन्ज’ प्रस्ताव गरेको छ।

सत्तारुढ समाजवादी पार्टी र राजपाले संयुक्त रुपमा नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुर’ को प्रस्ताव गरेको छ। सत्तारुढकै एक समूहले राजधानी ‘वीरगन्ज’ हुनुपर्ने प्रस्ताव दर्ता गराएको छ। उक्त समूहले नाममा भने सत्तारुढ दलले नै प्रस्ताव गरेकोमा सहमति जनाएको छ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।