७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

विश्वविद्यालयसँगै छैन पाठ्यपुस्तक

विश्वविद्यालयसँगै छैन पाठ्यपुस्तक
अ+ अ-

रोल्पा । गत वर्षसम्म त्रिभुवन विश्वविद्यालय मातहतमा रहेको रोल्पा सदरमुकामस्थित जलजला बहुमुखी क्याम्पस यतिबेला मध्यपश्चिम विश्वविद्यालय मातहतमा आएको छ। तीन सय बढी विद्यार्थी रहेको यो क्याम्पसमा पढने विद्यार्र्थी र पढाउने शिक्षकलाई यतिबेला पाठ्यपुस्तक नहुदा समस्या भएको छ। मध्यपश्चिम विश्वविद्यालयले पाठ्यपुस्तक तयार नगरेका कारण शिक्षकहरुले विषयवस्तु मोवाइलमा डाउनलोड गरेर पढाउने गर्दछन्। शिक्षकले ईन्टरनेटबाट तानतुन पारेर पढाउने गरेको भए पनि व्द्यिार्थीहरु भने अन्यौलमा छन्।

‘सरहरुले इन्टरनेटबाट खोजेर पढाई रहनु भएको छ। विद्यार्थलाई अध्ययन गर्न समस्या परेको छ।’ क्याम्पस प्रमुख बिष्णु आचार्यले भने ‘विश्वविद्यालयले पाठ्यपुस्तक तयार गरिसकेको रहेनछ।’ सहजताका लागि भन्दै मध्यपश्चिम विश्वविद्यालयमा मिसिएको जलजला बहुमुखी क्याम्पसमा शिक्षक दरबन्दी पनि कम छ।

उता पाठ्यपुस्तक अभाव झेलेको बाकेस्थित बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका विद्यार्थी पनि सकसमा छन्। ‘किताब लेख्ने क्रम सुरु हुदैछ। अहिलेसम्म खोजेर पढाइरहेको अवस्था छ। अलि महंगो भए पनि अंग्रेजीसम्म किताब छ तर सर्बसुलभ छैन।’ बागेश्वरी बहुमुखि क्याम्पसका प्रमुख शिशिर कुमार शर्माले भने ‘विश्वविद्यालयले पाठ्यक्रम बनाउने हो। पाठ्यपुस्तक शिक्षकले निकाल्नु पर्छ। अबको केहि समयमा सर्र्वसुलभ उपलब्ध।’

सेमेस्टर प्रणाली लागु भएका कारण पछिल्लो समय क्याम्पसमा विद्यार्थी नियमित हुने दर केहि बढे पनि संन्तोषजनक भने छैन। त्रिभुवन विश्वविद्यालय मातहतमा हुदा प्रयाप्त पाठ्यपुस्तक भए पनि अहिले मध्यपश्चिम विश्वविद्यालयले उपलब्ध गराउन सकेको छैन। ‘सन्र्दभ सामाग्री सेलेभस दिएको छ। बाँकी आफै तयार गर्ने भनेको छ। आफुले पढाउने आफै तयार गर्ने हो।’ उपप्राध्यापक खिमबहादुर खड्काले भने। ‘हामीलाईभन्दा विद्यार्थीलाई अलि असहज भएको छ।’

पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरु के गर्ने अन्यौलमा छन्। ‘किताब छैन। सरहरुले मोवाइलमा डाउनलोड गरेर ल्याएको विषयबस्तु पढाउनु हुन्छ।’ एक विद्यार्थी भन्छन ‘के भन्नु सर पढाई गतिलो छैन। विकल्प पनि छैन।’ ‘किताब हुने त १० कक्षासम्म मात्र हो। तल्लो कक्षामा मात्र किताब हुन्छ। हाम्रोमा करिकुलम चाहि छ। तर पाठ्यपुस्तक छैन।’ मध्यपश्चिम विश्वबिद्यालयका निमित्त रजिस्टार यामबहादुर कार्कीले भने ‘विषयबस्तु आफैले खोजेर पढ्ने पढाउने हो।

शिक्षकले फोटोकपी दिन्छन् विद्यार्थीले चलाउँछन। यताउति गर्छन परिक्षा दिन्छन्। त्यहि भएर त गुणस्तर छैन।’ उनले थपे ‘टियुमा पनि यस्तै हो। हामीले बनाउने करिकुलम हो।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।