२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याउ बारीबाटै ढुवानी गरिने



अ+ अ-

बाजुरा । कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्यक्रमअनुसार स्याउको बजार प्रवद्र्धन गर्ने उद्देश्यले स्याउ बारीबाटै ढुवानी गरिने भएको हो ।

बारीबाटै स्याउ ढुवानी गर्न कृषि ज्ञान केन्द्रले भदौ १७ गते सूचना जारी गरेको छ । सहकारी, कृषि फार्म, कृषक समूह, उद्यमी कृषकलगायतलाई स्याउ ढुवानी गर्नका लागि प्रस्ताव पेश गर्न केन्द्रले आह्वान गरेको छ । स्याउ ढुवानीकर्ताले ६०० क्विन्टल स्याउ ढुवानी गर्नुपर्नेछ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको स्याउबारीदेखि पिलुचौरसम्म ४०० क्विन्टल र जगन्नाथ गाउँपालिकाको स्याउबारीदेखि पिलुचौरसम्म १३० क्विन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १८ रुपैयाँ ५० पैसा ढुवानी अनुदान दिइने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताउनुभयो ।

यस्तै बूढीनन्दा नगरपालिकाको कोल्टीबजारदेखि सदरमुकाम मार्तडीसम्म २० क्विन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १८ रुपैयाँ ९० पैसा तथा बूढीनन्दा नगरपालिकाकै पाण्डुसेनको हिमाली स्कूलदेखि मार्तडीसम्म ५० क्विन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १३ रुपैयाँ ५ पैसामा ढुवानी अनुदान दिइने जैशी बताउनुहुन्छ । बूढीनन्दा नगरपालिका तथा स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकामा यस वर्ष स्याउ उत्पादनमा वृद्धि भएको छ । ढुवानी समस्याका कारण कृषकलाई स्याउ बिक्री गर्न समस्या हुने गरेको छ । जिल्लामा २२० हेक्टरमा स्याउखेती हुने गरेको छ ।