१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

इरान परमाणु सम्झौता: युरेनिअम प्रवर्धन गर्न तेहरानले सेन्ट्रिफ्युज विकास गर्ने

इरान परमाणु सम्झौता: युरेनिअम प्रवर्धन गर्न तेहरानले सेन्ट्रिफ्युज विकास गर्ने
अ अ+ अ-

काठमाडौं । इरानले आफ्नो देशको पारमाणविक अनुसन्धान र विकासलाई सीमित बनाउन पहिला गरिएका सबै सहमति भङ्ग गर्ने घोषणा गरेको छ।

तेहरानले सन् २०१५ मा अरू शक्तिशाली राष्ट्रहरूसँग एउटा परमाणु सम्झौता गरेको थियो। इरानका राष्ट्रपति हसन रूहानीले शुक्रवारदेखि शीघ्र युरेनिअम प्रवर्धन गर्ने उद्देश्यले सेन्ट्रिफ्युज विकास गर्न थाल्ने घोषणा गरेका छन्।उक्त सम्झौताअनुरूप इरानले लो-इन्‌रिच्ड अर्थात् निम्न स्तरमा प्रवर्धित युरेनिअम ३०० केजी मात्र भण्डार गर्न पाउँथ्यो।

उक्त प्रावधान उल्लङ्घन गर्दै इरानले युरेनिअमको शुद्धता बढाउन थाल्यो।अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईएले जुलाई १ मा त्यसको पुष्टि गर्‍यो।एउटा आणविक भट्टीका लागि ऊर्जा उत्पादन गर्न भन्दै इरानले ४.५ प्रतिशत मात्राको युरेनिअम प्रवर्धन गर्न थालेको थियो।

यदि युरोपेली राष्ट्रले इरानलाई आर्थिक लाभ हुन दिने आफ्नो वचन पालना नगरे इरानले यो साता तेस्रो कदम चाल्ने राष्ट्रपति रूहानीले बताएका छन्।उनले आफूहरूले दिएको सर्वाधिक महत्त्वपूर्ण कदम हुने र त्यसको प्रभाव पनि विशाल हुने उनको भनाइ छ।