२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङ्‌कङ तनाव: चीन सुपुर्दगी गर्न सकिने विधेयक फिर्ता



अ+ अ-

काठमाडौं । हङ्‌कङकी प्रमुख कार्यकारी क्यारी लामले त्यहाँ महिनौँदेखिको विरोध प्रदर्शनहरूको कारक बनेको सुपुर्दगी सम्बन्धी एक विधेयकलाई फिर्ता लिने बताएकी छन्।गत एप्रिल महिनामा ल्याइएको उक्त विधेयकमा संदिग्ध अपराधीहरूलाई चीनमा सुपुर्दगी गर्न मिल्ने व्यवस्था प्रस्ताव गरिएको थियो।

सोमवार प्रमुख कार्यकारी लामले हङ्‌कङको राजनीतिक सङ्कट आफ्नै कारणले गर्दा चर्किएको भन्दै आफैलाई दोष दिँदै गरेको अडिओ रेकर्ड सार्वजनिक भएको थियो।उनले त्यस्तो भद्रगोल सिर्जना हुन गएको काम अक्षम्य भएको पनि बताएकी थिइन्। गत एप्रिलमा ल्याइएको सुपुर्दगी सम्बन्धी विधेयकको तुरुन्तै आलोचना भएको थियो।

बुधवार उनले टेलिभिजन सम्बोधन मार्फत त्यस्तो घोषणा गर्दै विरोध प्रदर्शनहरूका क्रममा प्रहरीले गरेको व्यवहारका बारे जारी छानविनमा दुईजना थप वरिष्ठ अधिकारीहरू समावेश हुने घोषणा पनि गरिन्।प्रदर्शनकारीहरूमाथि प्रहरीले गरेको भनिएको क्रुर व्यवहारका बारे छानविन गरिनु पर्ने कुरा पनि अभियानकर्ताहरूको अर्को माग रहेको थियो।

हङ्‌कङमा लगातार १४ हप्तासम्म विरोध प्रदर्शनहरू भैरहेका छन् र गत सप्ताहान्तमा मात्रै प्रहरी र अभियानकर्मीहरूबीच पछिल्लो हिंसात्मक भिडन्त भएको थियो।

क्यारी ल्यामको सम्बोधन हुनुभन्दा केही अघि बोल्दै एकजना प्रजातन्त्रसमर्थक अभियानकर्मी जोशुआ वोंगले उक्त विवादास्पद विधेयक फिर्ता लिइने कुनै पनि निर्णय निकै ढिलो गरी आएको निकै सानो कदम हुने बताएका थिए।