१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले दाउद इब्राहिमसहित चार जनालाई आतंकवादी घोषणा गर्‍यो



अ+ अ-

काठमाडौं । भारतले दाउद इब्राहिमसहित चार जनालाई आतंकवादी घोषणा गरेको छ ।

भारतले लश्कर–ए–तोयबाका संस्थापक हाफिज सइद, जैश–ए–मोहम्मद प्रमुख मसुद अजहर, मुम्बई आक्रमणका आरोपी जकी उर्रहमान लखवी र माफिया दाउद इब्राहिमलाई आतंकवादी घोषणा गरेको हो ।

एक महिना अगाडि संसदबाट पास भएको आतंकवाद विरोधी एक कानुनअनुसार उनीहरुलाई आतंकवादी घोषणा गरिएको भारतीय गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मसुद अजहरले भारतमा पाँच ठूला आक्रमण गराएको बताइन्छ । यसैगरी लश्कर–ए–तोयबाका संस्थापक हाफिज सइदको समूहमाथि भारतीय संसदमा आक्रमण गराएको आरोप छ ।