२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले दाउद इब्राहिमसहित चार जनालाई आतंकवादी घोषणा गर्‍यो



अ+ अ-

काठमाडौं । भारतले दाउद इब्राहिमसहित चार जनालाई आतंकवादी घोषणा गरेको छ ।

भारतले लश्कर–ए–तोयबाका संस्थापक हाफिज सइद, जैश–ए–मोहम्मद प्रमुख मसुद अजहर, मुम्बई आक्रमणका आरोपी जकी उर्रहमान लखवी र माफिया दाउद इब्राहिमलाई आतंकवादी घोषणा गरेको हो ।

एक महिना अगाडि संसदबाट पास भएको आतंकवाद विरोधी एक कानुनअनुसार उनीहरुलाई आतंकवादी घोषणा गरिएको भारतीय गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मसुद अजहरले भारतमा पाँच ठूला आक्रमण गराएको बताइन्छ । यसैगरी लश्कर–ए–तोयबाका संस्थापक हाफिज सइदको समूहमाथि भारतीय संसदमा आक्रमण गराएको आरोप छ ।