१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री



प्रम शाह- सम्बोधन काठमाडौँ, १७ भदौः प्रधानमन्त्री वालेन्द्र शाह सिंहदरबारस्थित सङ्घीय संसदमा बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस
अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिरमा पहिरोकाकारण अवरुद्ध भएको सडक यही भदौ महिनाभित्रै सञ्चालनमा ल्याइने बताउनुभएको छ ।
प्रधानमन्त्री शाहले आजको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सो जानकारी दिनुभएको हो ।

केही दिनअघि पहिरोका कारण कृष्णभिर सडक खण्ड अवरुद्ध भएको छ । जसका कारण काठमाडौँ आवागमनको प्रमुख लाइफ लाइन बनेको सो सडक सञ्चालनमा आउन सकेको छैन ।

सो सडक खण्ड सञ्चालनमा ल्याउन महिनौँ लाग्नसक्ने समाचारहरु आइरहेका बेला प्रधानमन्त्रीले यही महिनाभित्रै सञ्चालन गरिने बताउनुभएको हो ।