७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

एमबिबिएस प्रवेश परीक्षामा विद्यार्थीले अवरोध नगर्ने

एमबिबिएस प्रवेश  परीक्षामा विद्यार्थीले अवरोध नगर्ने
अ+ अ-

काठमाडौं । सार्वजनिक शैक्षिक संस्थामा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा ७५ प्रतिशत छात्रवृत्तिको माग गर्दै आन्दोलित विद्यार्थीले शनिबारदेखि हुने एमबिबिएसको प्रवेश परीक्षा अवरोध नगर्ने भएका छन् । शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा ऐनअनुसार यसै वर्षदेखि ७५ प्रतिशत छात्रवृत्ति लागू गर्ने प्रतिबद्धता जनाएपछि चिकित्साशास्त्र संघर्ष समितिले परीक्षा हुन दिने जनाएको हो । तर, आन्दोलनका कार्यक्रम स्थगित गरेको छैन ।

संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले यसै शैक्षिक सत्रदेखि ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्नेलगायत माग पूरा गर्ने प्रतिबद्धता आएकाले प्रवेश परीक्षामा अवरोध नगर्ने बताए । ‘शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एकीकृत प्रवेश परीक्षाबाहेक हाम्रा माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ, तर हामीले आन्दोलन पूरै फिर्ता लिएका छैनौँ,’ प्रवक्ता कडरियाले भने, ‘विद्यार्थीकै पक्षमा वकालत गरेका हौँ, प्रवेश परीक्षा गरेपछि पनि ७५ प्रतिशत त्रिवि र केयूमा लागू हुनुपर्छ, हामी अडानमा छौँ ।’ काठमाडौं विश्वविद्यालय ९केयू०सँग शुक्रबारका लागि वार्ता तय भएको उनले बताए ।

गण्डकी मेडिकल कलेजको बढी लिएको शुल्क फिर्ताका लागि पनि निरन्तर लाग्ने उनले बताए । त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को परीक्षा शाखाको खुलाए पनि अन्य ठाउँमा ताला नखोल्ने विद्यार्थीको अडान छ । ‘प्रवेश परीक्षापछि पनि हाम्रा माग पूरा नभए सडकमै उत्रिन्छौँ,’ कडरियाले चेतावनी दिए ।
सार्वजनिक शिक्षण संस्थामा सञ्चालन हुने चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा कम्तीमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति दिने व्यवस्थाअनुसार अर्थ मन्त्रालयले करिब ७४ करोड बजेट व्यवस्था गरेको छ । तर, कुन संस्थामा कसरी दिने भन्ने अझै टुंगो लागेको छैन । आयोगका सहअध्यक्षसमेत रहेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा ऐनअनुसार छात्रवृत्तिको व्यवस्था गर्न निर्देशन दिएका छन् । तर, कुन संस्था सार्वजनिक हुन् भन्नेसमेत मन्त्रालयका अधिकारीले टुंगो लगाउन सकेका छैनन् ।

काउन्सिलले सिट निर्धारण नगर्दै सबै कलेजमा भरिए ४० प्रतिशत विदेशी कोटा

भारतमा प्रवेश परीक्षा फेल भएकालाई दलालले ल्याउँछन् नेपाल
नेपाल मेडिकल काउन्सिलले मेडिकल कलेजहरूको सिट निर्धारण नगर्दै विदेशी विद्यार्थीको कोटा भने भरिएको छ । भारतको प्रवेश परीक्षा ९निड० सकिएलगत्तै यहाँका मेडिकल कलेजले आफूले पाउने ४० प्रतिशत सिट बुक गरेका छन् । मेडिकल कलेजहरूले बताएअनुसार हरेकले ५० जना विद्यार्थी भर्नाका लागि बुक गरेका छन् । भारतको निड पास गरेका विद्यार्थी नेपालमा पढ्न कमै मात्रामा आउँछन् । स्रोतका अनुसार त्यहाँको प्रवेश परीक्षा फेल गरेका विद्यार्थी नेपालमा बुक भएका हुन् । भारतको प्रवेश परीक्षा फेल भएका विद्यार्थीले नेपालको विश्वविद्यालयले लिने प्रवेश परीक्षा पास भए मात्रै एमबिबिएस पढ्न पाउँछन् ।

भारतमा फेल भएकालाई नेपालमा दलालमार्फत ल्याइन्छ । उनीहरूलाई नेपालको प्रवेश परीक्षा पास गराउने नाममा अग्रिम पाँचदेखि १० लाख रुपैयाँसम्म कलेजले दलालमार्फत लिन्छन् । त्यसका लागि कलेजले पाउने सिटभन्दा १०–१५ जना बढी विद्यार्थी बुक गर्छन् । ‘प्रवेश परीक्षा पास भएकाको रकम कलेज आफैँले राख्छ, फेल भएकाको फिर्ता दिन्छ,’ कलेज स्रोतले भन्यो । अहिले कागजी रूपमा लेनदेन हुँदैन । दलालमार्फत पास गराउने नाममा लेनदेन हुने गरेको छ ।

त्यसो त भारतमा निड पास गरेका, तर भर्ना नपाएका विद्यार्थी पनि नेपाल आउँछन् । ‘भारतमा निड पास गरेर राम्रो नम्बर ल्याएका पनि आउँछन् । तर, नेपालमा कम नम्बर ल्याएर पास भएका भारतीय विद्यार्थीको भर्नामा पुनः आर्थिक चलखेल हुन्छ । निड पासभन्दा नेपाली प्रवेश परीक्षा पास पहिलो प्राथमिकता भनेर पुनः थप रकम लिइन्छ,’ स्रोतले भन्यो ।

काठमाडौं विश्वविद्यालयले भारतको निड परीक्षा पास गरेका विद्यार्थीका लागि नेपाली मेडिकल कलेजमा आफूले पाउने सिटमा भर्ना लिन सकिने भन्दै नोटिस जारी गरेपछि सबै मेडिकल कलेजले अग्रिम बुकिङ गरेका हुन् ।

चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित
चिकित्सा शिक्षा ऐन कार्यान्वयनको माग गर्दै भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगाएको ताला प्रहरीले खोलेपछि विद्यार्थी आन्दोलित भएका छन् । विद्यार्थीले लगाएको ताला प्रहरीले बुधबार खोलेपछि बिहीबार विद्यार्थीले आन्दोलन गरेका हुन् । आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले बताए । उनी चितवन मेडिकल कलेजमा अध्ययनरत छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।