७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

सेतो पुतलीदेखि सावधान !

सेतो पुतलीदेखि सावधान !
अ+ अ-

पोखरा । बेलुका राम्रैसँग सुतेका बागलुङ तित्याङका १२ वर्षीय सन्दीप परियारले भोलिपल्ट बिहान बेस्सरी आँखा मिच्न थाले । दाहिने आँखा मिच्दामिच्दै रातो भयो । धमिलो देख्न थाले । उनकी आमा सीता झारफुकमा लागिन् । बिसेक नभएपछि पर्सिपल्ट छोरालाई धौलागिरि अञ्चल अस्पताल पुर्‍याइन् ।

त्यहाँबाट पोखराको हिमालय आँखा अस्पताल रेफर गरियो । आँखा दुखेको ४ दिनपछि बिहीबार पोखरा आउँदा सन्दीपलाई ‘सापु’ भएको पत्ता लाग्यो । अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् ।

पोखरामा भदौ १६ यता सन्दीपजस्ता सापुका ८ बिरामी भेटिएका छन् । सुरुमा आँखा रातो भएर दृष्टि गुम्नेसम्मको खतरा हुने यो रोगको स्रोत पत्ता लाग्न सकेको छैन । २०३२ मा पोखराको लामाचौरमा पहिलोपटक यो रोग भेटिएको थियो । आँखा रोग विशेषज्ञ मदनप्रसाद उपाध्यायले नेपालमा पहिलोपल्ट यो रोग पत्ता लगाएका हुन् । उनैले यो रोगलाई सिजनल हाइपरसुट पन्युवाइटिस (एसएचएपीयू–सापु) नाम दिएका हुन् ।

उपाध्यायका अनुसार हालसम्म सेतो पुतली (मोथ) लाई सापुको कारकका रूपमा प्रायः जोडिने गरेको छ । सेतो पुतलीको संसर्गमा नआएका बिरामीमा पनि योरोग देखा परेको छ ।

बिरामीको आँखामा सूक्ष्म जीवाणु (ब्याक्टेरिया) र विषाणु (टक्सिनं) समेत पाइएको छ । ‘यो रोग लाग्ने स्रोतको पहिचान नभइसकेकाले रहस्यमयी छ,’ बीपी नेत्र प्रतिष्ठानका अध्यक्ष उपाध्यायले भने, ‘सेतो पुतलीका कारण सापु हुन्छ भन्ने तथ्यमा नजिक छौं तर शतप्रतिशत स्थापित गर्न सकेका छैनौं ।’

बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगन्जकी सहायक प्राध्यापक डा. रञ्जु खरेलका अनुसार यो रोग हरेक अंग्रेजी बिजोर वर्षमा देखिँदै आएको छ । यसले बालबालिकामा बढी असर पुर्‍याउँछ । वर्षातको अन्त्यबाट यो रोग देखापर्छ । पुस र माघसम्म पनि बिरामी भेटिन्छन् । यो रोग लाग्दा एक्कासि आँखा रातो हुन्छ । चिप्रा लाग्दैन । उज्यालोमा हेर्न सकिँदैन । आँखाको दृष्टि तत्कालै घट्छ । आँखामा दुखाइ बढी हुन्छ । नानी सेतो हुँदै जान्छ । पिपैपिप जम्छ ।

‘यसको उपचार भनेकै जतिसक्दो छिटो आँखा अस्पताल पुगेर पिप निकाल्नु हो,’ डा. खरेलले भनिन्, ‘आँखाको पर्दा सुरक्षित नभए च्यातिन्छ । त्यो अवस्थामा पुग्दा आँखाको ज्योति गुम्छ ।’ आँखा रातो हुनेबित्तिकै थोपा औषधि राखेर घरमै उपचार गर्न नहुने उनले बताइन् । ‘४८ घण्टाभित्र उपचार भए निको हुन सक्छ,’ उनले भनिन् ।

यो वर्ष भेटिएका ८ बिरामीमध्ये ७ जना पोखराका हुन् । पोखराको नदीपुर, चाउँथेलगायत क्षेत्रमा सापुका बिरामी भेटिएका हुन् । ‘विगतमा उपचार पद्धति राम्रो नहुँदा ५० प्रतिशतसम्मले ज्योति गुमाएको तथ्यांक छ,’ डा. खरेलले भनिन्, ‘उपचारमा नयाँ प्रविधि भित्रिएपछि त्यो दर घटेको छ ।’

अध्ययनका अनुसार दुई वर्षअघि बिरामीमध्ये ३० प्रतिशतले एउटा आँखा गुमाएका थिए । त्यतिखेर ३८ दिनको बच्चादेखि ५० वर्षीय वृद्धसम्ममा यो रोग भेटिएको थियो ।

तीन दिनअघि पोखराकै एक बैंकमा काम गर्ने २७ वर्षीय युवामा सापु भेटियो । अस्पतालको टोली उनी सुतेको ठाउँ पुगेर हेर्दा सेतो पुतली भेटिएको थियो । अस्पतालकी चिकित्सक हरिमाया गुरुङले यो वर्ष भेटिएका ८ मध्ये ३ जना बिरामीमा पुतलीको रौं भेटिएको बताइन् ।

उनले दुई जनाको अस्पतालमै राखेर उपचार गरेको र अन्य बिरामी उपचारका लागि काठमाडौं गएको जनाइन् । सापुको आकस्मिक उपचार आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रियासमेतबाट गरिन्छ । शल्यक्रिया गर्न १५ देखि २० हजार रुपैयाँ खर्च लाग्छ ।

पुतली पाइने ठाउँको भौगोलिक वातावरण पनि अध्ययन गर्न जरुरी रहेको विज्ञ बताउँछन् । सापु हुने भनिएको पुतलीको पखेटामा तेर्सो, ठाडो र कालो धर्सा हुन्छ । ‘ग्याजेलिन ट्राइसोफा’ प्रजातिको सेतो पुतलीको रौं हानिकारक हुने मानिएको छ । हालसम्म पुतलीले ब्याक्टेरिया लगेर आँखामा छाडेको हो कि विष भन्ने नै पत्ता लाग्न नसकेको डा। खरेल बताउँछिन् ।

४४ वर्षमा अनुमानित १५ हजार बिरामी भेटिएका छन् । आधिकारिक तथ्यांक भने कसैसँग छैन । डा. उपाध्यायले पुतलीको वंशाणु अध्ययनको आवश्यकता औंल्याए । ‘सबै बिरामीमा ब्याक्टेरिया देखिएको छैन । संक्रमण मात्रैले यत्ति चाँडै दृष्टि गुम्ने हुँदैन,’ उनले भने, ‘एक, दुई बिरामीलाई मात्रै हेरेर विश्लेषण गर्न सकिँदैन । रोग प्रतिरोधात्मक क्षमता बढी हुनेलाई पनि सापुले आक्रमण गर्न सक्छ ।’

विराट आँखा अस्पतालका चिकित्सक अनादी खत्री असोज २५ देखि २९ सम्म हुने सभामा भाग लिन अमेरिका जाँदै छन् । ‘नेपालको प्रविधि र अनुसन्धानले नभ्याएको समस्या प्रस्तुत गर्नेछु’ उनले भने । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ मेडिकल अधिकृत डाक्टरभोजराज गौतम सापु रोग संघ सरकारले चिन्नुपर्ने बताउँछन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।