७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

राजपाका कार्यकर्ताको माग : पहिले महाधिवेशन गर

राजपाका कार्यकर्ताको माग : पहिले महाधिवेशन गर
अ+ अ-

जनकपुर । प्रदेश २ सरकारमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनको सरकार छ । केन्द्रीय सरकारमा समाजवादी पार्टी मात्र छ । यी दुवै दलबीच एकीकरण प्रयास थालिए पनि दुवै पार्टीको गढ रहेको प्रदेशमा भने राजपाका अधिकांश नेतारकार्यकर्ता पहिला महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

२०७३ वैशाख ७ मा ६ वटा पार्टी मिलेर राजपा गठन भएको थियो । पार्टीले आगामी कात्तिकमा महाधिवेशन गर्ने मिति सार्वजनिक गरेको छ । दुई पार्टीबीच विभिन्न चरणमा वार्ता भए पनि त्यो सार्थक भएको छैन ।

एकीकरणमै लागिराख्ने कि महाधिवेशनतर्फ ध्यान दिने भन्नेबारे पनि नेता दोधारमा देखिन्छन् । दुवै पार्टी एक हुनेमा आफू आशावादी रहेको समाजवादी पार्टीका महासचिव राजेशमान सिंहले बताए । ‘जुन हिसाबले वार्ता चलिरहेको छ, त्यसले नै देखाउँछ नेताहरू एकताप्रति कति गम्भीर छन्,’ उनले भने, ‘एकता भएपछि पार्टी एउटा ठूलो शक्तिका रूपमा उदाउनेछ ।’

कार्यकर्ता पार्टी एकीकरणको पक्षमै देखिएको उनले सुनाए । केही तत्त्व एकताविरुद्ध पनि लागेको उनको भनाइ छ । ६ पार्टी मिलेर गठन भएको राजपामा अन्तर्द्वन्द्व छ । नेताहरूले आलोपालो अध्यक्ष पद लिने गरेका छन् । तीन वर्षअगाडि राजपा गठन भए पनि तल्लोस्तरसम्म पार्टी एकीकरण नभएको राजपाका अर्का महासचिव शिव पटेलले जानकारी दिए । ‘आफ्नो पार्टी व्यवस्थित गरेर अर्को पार्टीसँग एकीकरण गर्नुपर्थ्यो,’ उनले भने, ‘राजपामा अहिले ६ जनाको अध्यक्षमण्डल छ । समाजवादी पार्टीसँग एकता भएपछि कति जनाले अध्यक्ष पद पाउँछन् ।’

पार्टीमा तीन दर्जनभन्दा बढी उपाध्यक्ष र ३२ जना महासचिव छन् । ‘हरेक जिल्लामा गुटबन्दी छ,’ उनले भने, ‘पहिले आफ्नो पार्टी व्यवस्थित गरी एकीकरणको प्रयास गर्नुपर्थ्यो ।’ पार्टी लोकतान्त्रिक मान्यतामा नचलेको उनको आरोप छ । ‘महाधिवेशनमार्फत पार्टी व्यवस्थित गर्न आवश्यक छ,’ उनले भने, ‘कात्तिकमा महाधिवेशन गर्ने भनिए पनि कुनै छाँट देखिएको छैन ।’

६ पार्टी मिलेर गठन भएको राजपाको हालसम्म एकपटक मात्र केन्द्रीय कार्यसमिति र दुईपटक पदाधिकारीको बैठक बसेको उनले जानकारी दिए । मधेस राजनीतिका एक जानकारका अनुसार राजपामा आपसी मतभेद कायमै राखी समाजवादी पार्टी सत्तामा टिकिराख्ने रणनीतिबमोजिम एकीकरणको ‘कार्ड’ ल्याइएको हो ।

‘ढिलोचाँडो राजपा महाधिवेशनमा जान्छ,’ उनी भन्छन्, ‘समाजवादी पार्टी र राजपाको एकता कठिन छ ।’ पार्टी एकीकरण पनि नीति र सिद्धान्त मिल्नेसँग गर्ने हो । समाजवादी पार्टीको लाइन कार्यकारी राष्ट्रपतिको पक्षमा छ, राजपामा यस विषयमा छलफलै भएको छैन ।’ राजपा मधेसकेन्द्रित दल हो । समाजवादी पार्टी मधेस, पहाड र हिमालका पार्टी मिलेर गठन भएको हो ।

‘एकताका नाममा महाधिवेशन रोकेर पार्टी संगठनलाई धराशायी बनाउनुभएन,’ राजपाका नेता दिनेशकुमार यादवले भने, ‘एकताको विषयवस्तु चलिइरहन्छ । तर समयमा महाधिवेशन गर्नेतर्फ पनि नेतृत्वको ध्यान पुग्नुपर्छ ।’

पार्टीले तत्काल महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने राजपा अध्यक्षमण्डल सप्तरीका सदस्य सुनीलकुमार झाले बताए । ‘एकताका नाममा पार्टी संगठनलाई बन्धक बनाएर राखिनु राम्रो होइन,’ उनले भने, ‘पार्टी संगठनलाई जीवन्त राख्न राजपाको महाधिवेशन अत्यावश्यक छ ।’

महाधिवेशन नहुँदा संगठन सुदृढीकरणमा गम्भीर असर परिरहेको उनले बताए । ‘महाधिवेशन नहुँदा अहिले जिल्लामा पार्टी संगठनको अवस्था लथालिंग छ,’ झाले भने, ‘एकताको विषय राम्रो हो । तर हुन नसकिरहेको सन्दर्भमा त्यसलाई मात्रै समातेर बस्नु पनि नेतृत्वका लागि राम्रो होइन ।’

राजपा अध्यक्षमण्डल सप्तरीका अर्का सदस्य सतिशकुमार सिंहको भनाइ पनि अघिल्ला दुई नेता जस्तै छ । ‘स्थानीयस्तरमा राजपाको सांगठनिक गतिविधि सुस्त छ,’ उनले भने, ‘पार्टीको शीर्ष तहले महाधिवेशनको विषयलाई प्रमुखता दिएर पार्टी संगठनमा इनर्जी ल्याउनुपर्छ ।’

मधेसी मोर्चाका ७ घटकमध्ये तत्कालीन संघीय समाजवादी फोरम नेपालबाहेक तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकीकरण भई ०७४ वैशाख ७ मा राजपा नेपालको निर्माण भएको हो ।

यसका पछाडि कार्यकर्ताको दबाब, शक्तिमान बन्ने सोच र अन्तर्राष्ट्रिय दबाबले समेत काम गरेको जानकारहरू बताउँछन् । राजपा निर्माण भएपछिको तदर्थ विधानमा एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने भनिएको थियो । तर आन्दोलन, स्थानीय र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै राजपा नेपालले आफ्नो तदर्थ विधानमा संशोधन गर्‍यो । र, २ वर्षभित्र महाधिवेशन गर्ने व्यवस्था गर्‍यो । म्याद थपेपछि राजपाले २०७६ असार २३ सम्म महाधिवेशन गरिसक्नुपर्ने थियो ।

सोही समय सीमाभित्र रहने गरी ०७६ वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय राजपाले गरेको थियो । ०७५ फागुनभित्र सदस्यता वितरण गरेर त्यसपछि वडा, पालिका, प्रदेशसभा क्षेत्रस्तरीय, प्रतिनिधिसभा क्षेत्रस्तरीय, महाधिवेशन प्रतिनिधि छनोट र जिल्ला अधिवेशन गर्दै प्रादेशिक एवं महाधिवेशन एकैसाथ गर्ने राजपा नेपालले बताएको थियो । तयारी अभाव, एकतालगायत विषयमा पुनः राजपाले स्थापनाको ३ वर्षभित्र अधिवेशन गर्ने गरी विधान संशोधन गरेको थियो ।

पार्टीले आगामी कात्तिक २८, २९ र ३० का लागि महाधिवेशनको मिति तोकेको राजपा नेपालका महासचिव केशव झाले जानकारी दिए । ‘एकताको चर्चा चलिरहेको छ । एकता भए एकीकृत महाधिवेशन हुन्छ, नभए कात्तिकमा हाम्रो महाधिवेशन हुन्छ,’ झाले भने ।
‘पहिले महाधिवेशन, पछि एकता’
बारामा राजपाका अधिकांश नेता–कार्यकर्ताको मत भने पहिले महाधिवेशन गरेर पार्टी एकीकरण गर्नुपर्ने देखिन्छ । राजपामा तलदेखि माथिसम्म चक्रीय अध्यक्षात्मक प्रणाली छ । ६ पार्टी मिलेर राजपा बनेदेखि अहिलेसम्म न जिल्ला अधिवेशन न त केन्द्रको महाधिवेशन भएको छ ।

राजपाले कात्तिक अन्तिममा महाधिवेशन गर्ने भनेर पार्टीले यसअघि नै तय गरिसकेको छ । यसै आधारमा जिल्लामा सदस्यता नवीकरणदेखि जिल्लाको अधिवेशन गर्ने प्रक्रिया सुरु भइसकेको अवस्थामा संघीय समाजवादी र राजपाबीच एकीकरण गर्ने बहस चलेपछि ती प्रक्रिया अहिले अवरुद्ध छन् ।

पार्टीको संरचना लथालिंग भएको अवस्थामा पहिले पार्टी महाधिवेशन आवश्यक रहेको जिल्लाका युवा नेता श्याम गुप्ताले बताए । ‘६ पार्टी एक ढिक्का भएर महाधिवेशन गरेर एउटा संरचना बनेपछि मात्र एकीकरण गर्दा पदलगायतको भूगोलमा बाँडफाँट गर्न सजिलो हुन्छ । अहिलेकै लथालिंग र चक्रीय अध्यक्षात्मक नेतृत्व प्रणाली भएको बेलामा एकता गर्नु ठीक छैन ।’

पार्टीको एकताका लागि पहल जारी हुनु स्वाभाविक भए पनि हैसियत र मतादेश स्थापित गर्नुअघि पार्टी एकीकरण गरे राम्रो नहुने राजपा बाराका सहमहामन्त्री जितेन्द्र सिंहको भनाइ छ । ‘पहिले आफ्नैभित्र ‘सिस्टम’ छैन, अरूसित कसरी ‘सिस्टम’ मा बस्ने रु’ राजपाकी स्थानीय महिला नेत्री पिंकी यादवले भनिन्, ‘त्यसैले पहिले महाधिवेशन र त्यसपछि पार्टी एकीकरण हुनुपर्छ ।’

शीर्ष नेताकै जिल्लामा फरक मत
राजपाका केन्द्रीय नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवको गृहजिल्ला सर्लाहीमा महतो र यादव निकटका नेता तथा कार्यकर्ताले एकता हुनुपर्नेमा जोड दिएका छन् । ठाकुर निकटका नेता तथा कार्यकर्ता भने महाधिवेशन गरेर एकता गर्नुपर्ने पक्षमा छन् ।

पार्टी एकताले महाधिवेशन ओझेलमा पर्ने हो कि भन्दै राजपाका जिल्ला तहका नेता तथा कार्यकर्ताले महाधिवेशनमा जोड दिएका हुन् । ‘पार्टीको महाधिवेशन गरेर एकता गर्‍यो भने पार्टी थप मजबुत हुन्छ, पार्टीको एकीकरणमा बार्गेनिङ पावर पनि बढ्छ,’ सर्लाहीको क्षेत्र नम्बर ४ का नेता राकेश मि श्रले भने, ‘महाधिवेशन सकेर पार्टी एकीकरण गर्नुपर्छ ।’ यता यादव र महतो पक्षका नेता तथा कार्यकर्ताले पार्टी एकताले बलियो शक्ति बनाउने भएकाले एकतामा जोड दिएका छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।