७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

रासायनिक मल चरम अभाव, दिनभर लाइन बसेर ३ किलो मल

रासायनिक मल चरम अभाव, दिनभर लाइन बसेर ३ किलो मल
अ+ अ-

चितवन । पटिहानीका प्रेमप्रसाद सापकोटा दिनभर मल खोज्दै हिँडे तर कतै पाएनन्। घरै अगाडि रहेको सहकारीमा बिहीबार बिहानै ४ बजे लाइन बसेका उनको पालमा मलै सकियो। चार बोरा मल ५० जनालाई बाँढ्दा सकिएपछि उनको भागमा मल पुगेन।

दिनभर अन्य पसल चाहार्दा पनि सापकोटाले मल पाएनन्। १२ कट्ठामा धान लगाएका उनले एकपटक पनि मल हाल्न नपाएको गुनासो गरे। ‘अहिले धान पसाउने बेलामा खेतमा न मल परेको छ न जल नै’, उनले दुखेसो पोखे, ‘दिनभर भरतपुरका सबै ठाउँ पुगेर मल किन्न खोजे कतै पाइन।’ दिनभर बजार डुलेर उनी खिन्न हुँदै रित्तै घर फर्किए।

भरतपुरकी मधु क्षेत्रीले चार घण्टा लाइन बसेर तीन किलो मल पाइन्। उनको खेतमा १६ किलो मल चाहिन्छ। बिहान १० बजेबाट लाइन बसेकी उनले २ बजे पालो पाइन। प्रतिव्यक्ति तीन किलोको दरले बिक्री गरिएको मल पाएपछि उनी दंग थिइन्। मल लिनकै लागि यसअघि चारपटक लाइन बस्दा उनले मल पाउन सकिनन्। पसाउन लागेको धानमा आवश्यकताअनुसार मल राख्न नपाएको उनको दुखेसो छ।

कतिपयको धान खेतमा धाँजा फाट्न थालेको छ। आकासे पानीको भरमा किसान बसेका छन्। मल बिक्री हुने पसलमा बिहानैदेखि किसानको भीड लाग्छ। पालो अघिपछिको विवादले झगडासमेत हुने गरेको छ। हरेक दिन मल खोज्दै भौतारिरहेका किसानले धानको गाँज लाग्ने बेलामा समेत मल पाएका छैनन्। ‘तीन किलो मल गमलामा राख्दैमा सकिन्छ खेतमा के हाल्नु’, भरतपुर ४ वैदिकनगरका नरनारायण गैरेले भने, ‘खेती लगाएर पनि खान नपाइने कस्तो देश हो हाम्रो ? ’

गत वर्ष स्टक नहुँदा अहिले युरिया मलको हाहाकार छ। धान खेतीका लागि तीनपटक मल हाल्नुपर्छ। तर, कतिपयले एकपटकसमेत पाउन सकेका छैनन्। धान रोप्ने समयदेखि किसानले मल अभावको समस्या झेल्दै आएका छन। निजी क्षेत्रमार्फत बिक्री हुने रासायनिक मल महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ। त्यो पनि पर्याप्त छैन।

रोपाइँ सकिएको १५ देखि २० दिनभित्र धानको वृद्धि विकास गर्न युरिया मल आवश्यक पर्छ। ‘तीनपटक हाल्ने मल एकपटक पनि नपाउदा किसान आक्रोशित छन’, भरतपुरको हाम्रो बहुउदेश्यीय सहकारी संस्थाका व्यवस्थापक श्यामकुमार गिरीले भने, ‘पाँच बोरा मललाई तीन किलोको दरले पुर्‍याउनु सारै गाह्रोे छ।’

साउन र भदौमा धानखेतीका लागि युरिया मलको माग बढी हुन्छ। यो सिजनमा जिल्लामा करिब २५ सय मेट्रिक टन युरिया मल आवश्यक भएकामा अहिलेसम्म एक हजार मेट्रिक टन मात्रै वितरण भएको साल्ट टेडिङ कर्पोरेसनले जनाएको छ। अनुदानको रासायनिक मल वितरणकोको जिम्मेवारी पाएको साल्ट टेडिङ कर्पोरेसनले चितवनमा आठ सय मेट्रिक टन मल वितरण गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेड चितवनले दुई सय मेट्रिक टन वितरण गरेको छ।

हरेक वर्ष सिँचाइ र मलको अभावले किसान पीडित हुने गरेका छन्। जिल्लामा करिब २९ हजार हेक्टर जमिनमा धानखेती गरिन्छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।