१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना



अ+ अ-

काठमाडौँ। दक्षिण–पश्चिम चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्र अन्तर्गत पर्ने केरुङ काउन्टीमा मंगलवार बिहान एक विशेष शोक सभाको आयोजना गरिएको छ ।

गत अगस्ट २६ मा आएको विनाशकारी लेदोसहितको पहिरोमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको स्मृतिमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

अगस्ट २६ को सो भीषण प्राकृतिक विपत्तिमा परी ठूलो संख्यामा मानवीय क्षति हुनुका साथै कैयौँ मानिसहरू बेपत्ता भएका थिए ।

मंगलवार बिहान आयोजित स्मृति सभामा सहभागीहरूले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । उक्त पहिरोले केरुङ क्षेत्रमा व्यापक जनधनको क्षति पु¥याएको थियो।

बेपत्ता भएकाहरूको खोजी र प्रभावित क्षेत्रमा राहत कार्य जारी रहेकै समयमा स्थानीय अधिकारी र सर्वसाधारणको उपस्थितिमा यो शोक सभा सम्पन्न भएको हो । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल