१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता



अ+ अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र कतारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी राज्यमन्त्री डा मरियम बिन्त अली बिन नासेर अल-मिसनदबीच आज टेलिफोन वार्ता भएको छ ।

परराष्ट्रमन्त्री खनाललाई राज्यमन्त्री डा अल-मिसनदले नेपालमा बाढीका कारण भएको ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

वार्ताका क्रममा राज्यमन्त्री अल-मिसनदले विपद्बाट ठूलो सङ्ख्यामा भएको जनधनको क्षति तथा भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको हो ।

वार्तामा परराष्ट्रमन्त्री खनालले विपद्को कठिन समयमा राज्यमन्त्री अल-मिसनदले व्यक्त गर्नुभएको समवेदना, सहानुभूति र ऐक्यबद्धताप्रति गहिरो आभार व्यक्त गर्नुभयो । उहाँले कतार सरकारले नेपाललाई उपलब्ध गराएको सहयोग तथा समर्थनप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट गत बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतकार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो । रासस