१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न



अ+ अ-

काठमाडौँ। स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमावापत गर्नुपर्ने भुक्तानी सम्पन्न गरेको जनाएको छ ।

बोर्डका अनुसार २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमावापत कूल रु दुई अर्ब छ करोड ४३ लाख ३४ हजार भुक्तानी गरिएको छ । बोर्डले स्वास्थ्य संस्थाहरूलाई बिहिबार नै स्वास्थ्य भुक्तानीबारे परिपत्र गरेको हो ।

यससँगै २०८२ सालसम्म स्वास्थ्य बिमावापत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने भुक्तानी सकिएको बोर्डले जनाएको छ । रासस