१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन



अ+ अ-

काठमाडौँ। सरकारले भोटेकोशी बाढीपछिको संकट व्यवस्थापनका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाएको छ ।

सोमवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलुकदमन्त्री सस्मित पोखरेलले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा व्यवस्थापनका प्रयासहरूबारे औपचारिक जानकारी गराउनुभएको हो । सरकारले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै प्रवक्ता पोखरेलले खोज, उद्धार, उपचार र राहतका लागि सुरक्षा निकाय र प्रशासनिक संयन्त्र पूर्ण रूपमा सक्रिय रहेको बताउनु भयो ।

११ हजारभन्दा बढीको उद्धार, ९५६ जना उपचारपछि घर फर्किए

सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म प्रभावित क्षेत्रबाट ११ हजार ३ सय ७९ जनाको सुरक्षित उद्धार गरिएको छ । बाढी र पहिरोमा परी घाइते भएकाहरूको काठमाडौं र देशका विभिन्न अस्पतालहरूमा निःशुल्क उपचार भइरहेको छ । उपचारपश्चात हालसम्म ९ सय ५६ जना डिस्चार्ज भइसकेका छन् । प्रभावित क्षेत्रमा सम्भावित महामारी नियन्त्रणका लागि विशेष मेडिकल टोली र औषधि समेत परिचालन गरिएको सरकारले जनाएको छ ।

बाढी प्रभावित परिवारका लागि खाद्यान्न, त्रिपाल, औषधि र स्वच्छ खानेपानी जस्ता अत्यावश्यक सामग्रीको वितरण कार्य निरन्तर भइरहेको छ । संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा प्रभावितहरूका लागि २७ वटा आश्रय स्थल निर्माण गरी बसोबासको व्यवस्था मिलाइएको छ ।

विपद्का कारण अवरुद्ध भएका सञ्चार सेवाहरू ९० प्रतिशतभन्दा बढी स्थानमा पुनः सञ्चालनमा आइसकेका छन् । बाढीले क्षति पु¥याएका जलविद्युत् आयोजना र अन्य भौतिक पूर्वाधारहरूको अवस्थाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत निरन्तर अनुगमन र सूचना प्रवाह भइरहेको छ । जलविद्युत आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा फसेकाहरूको खोजी कार्य समेत जारी छ ।

उद्धार कार्यमा ढिलाइ भएको भन्ने गुनासोप्रति स्पष्ट पार्दै प्रवक्ता पोखरेलले भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल अवरुद्ध हुँदा केही स्थानमा कठिनाइ भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खबर प्राप्त हुनासाथ प्रधानमन्त्रीको निर्देशन र गृहमन्त्रीको समन्वयमा सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । मौसम र भौगोलिक अवस्थाका कारण हेलिकप्टर अवतरणमा समस्या भएपनि सरकारले कुनै कसर बाँकी नराखी उद्धार कार्यलाई अघि बढाएको छ ।’

सरकारले मृतकहरूको शव व्यवस्थापनलाई पनि संवेदनशीलताका साथ अघि बढाएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल