१४ भाद्र २०८३, आईतवार
,
Latest
रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता भएको छ ।

रास्वपा केन्द्रीय कार्यालय बनस्थलीमा भएको भेटवार्तामा पछिल्लो विपद्को अवस्था, उद्धार तथा राहत व्यवस्थापन र तीन तहका सरकारबीचको समन्वयबारे छलफल भएको हो ।

भेटमा मुख्यमन्त्री थापाले तीन तहका सरकारबीच आवश्यक समन्वय हुन नसक्दा प्रदेश सरकारले आफ्नै ढंगले काम गर्नुपरेको बताए । प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दा समेत प्रदेश सरकारले त्यसबारे पूर्वजानकारी नपाएको भन्दै उनले दुःख व्यक्त गरे ।

विपद्को समयमा संघ, प्रदेश र स्थानीय तहले गर्ने काम स्पष्ट रूपमा छुट्याउनुपर्ने आवश्यकता रहेको मुख्यमन्त्री थापाले बताए । प्रभावित क्षेत्रमा राहत सामग्री पठाउन कठिनाइ भइरहेको र पठाइएका राहत सामग्रीसमेत नुवाकोटको बट्टार क्षेत्रमा जम्मा भएको तथा त्यसभन्दा माथिका प्रभावित क्षेत्रमा पुर्‍याउन असहज भइरहेको उनले जानकारी दिए ।

मुख्यमन्त्री थापाले जलवायु परिवर्तनको असर दीर्घकालीन हुने देखिएकाले खोला तथा नदी किनारमा रहेका बस्तीहरूको सुरक्षित स्थानान्तरणका लागि तीनै तहका सरकारले तत्काल समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

भेटमा रास्वपा सभापति लामिछानेले विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए ।

उनले अहिलेको अवस्थामा सबै तहका सरकारले समन्वय र सहकार्यका साथ काम गर्नुपर्ने विषयमा आफूहरू सचेत रहेको बताए ।
लामिछानेले संघीय सरकारको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।