१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा गिद्ध संरक्षणमा जोड



अ+ अ-

धादिङः जिल्लाको आँखुखोला र बुढीगण्डकीको किनारमा बथानमा देखिने गिद्ध पछिल्ला दिनहरुमा हराउँदै गएको छ ।

सेप्टेम्बर ७ अर्थात भदौ २१ गते ११ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा पनि मनाइँदैछ ।

प्रत्येक वर्ष सेप्टेम्बर महीनाको पहिलो शनिबार तथा त्यस सप्ताहभर मनाइने अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउने कार्यक्रमहरुको आयोजना गरी विश्वभर मनाउने गरिन्छ ।

सन् २००५ देखि दक्षिण अफ्रिकामा मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवस सन् २००९ बाट अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो ।

नेपालमा पनि सचेतनामूलक ¥याली, क्याम्पस तथा विद्यालयस्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिताहरु, गिद्ध तस्वीर तथा चित्रकला प्रर्दशनी, गिद्ध महोत्सव, सडक नाटक, स्थानीय सरकार र सरोकारवाला निकायसँग अन्तक्र्रिया तथा रेडियो कार्यक्रम गरी साताव्यापीरुपमा मनाइने गरिएको गिद्ध संरक्षणका अभियन्ता कृष्ण भुषालले बताउनुभयो ।

एघाराँै अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइरहँदा यसअघि गिद्ध देखिने आँखुखोला किनार टारीबेँसी र आसपासमा आज गिद्ध एउटा पनि नदेखिएको त्रिपुरासुन्दरी गाउँपालिका–२ का वडाध्यक्ष कृष्ण खत्रीले जानकारी दिनुभयो ।

धादिङमा विश्वमै दुर्लभ डगर गिद्ध, सुन गिद्ध र सेतो गिद्धसँगै सङ्कटको नजिक रहेका हिमाली गिद्ध र हाडफोर गिद्ध पाइन्छ । गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग हुने औषधि डाइक्लोफेनेक आदि विषादीको प्रयोग शून्य बनाउनुपर्ने, बासस्थान संरक्षण गरिनुपर्ने तथा आहारा सुरक्षा र उपलब्धतामा जोड दिनुपर्ने संरक्षणकर्मीको जोड छ ।