७ पुष २०८२, सोमबार
,
Latest
अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा गिद्ध संरक्षणमा जोड



अ+ अ-

धादिङः जिल्लाको आँखुखोला र बुढीगण्डकीको किनारमा बथानमा देखिने गिद्ध पछिल्ला दिनहरुमा हराउँदै गएको छ ।

सेप्टेम्बर ७ अर्थात भदौ २१ गते ११ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा पनि मनाइँदैछ ।

प्रत्येक वर्ष सेप्टेम्बर महीनाको पहिलो शनिबार तथा त्यस सप्ताहभर मनाइने अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउने कार्यक्रमहरुको आयोजना गरी विश्वभर मनाउने गरिन्छ ।

सन् २००५ देखि दक्षिण अफ्रिकामा मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवस सन् २००९ बाट अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो ।

नेपालमा पनि सचेतनामूलक ¥याली, क्याम्पस तथा विद्यालयस्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिताहरु, गिद्ध तस्वीर तथा चित्रकला प्रर्दशनी, गिद्ध महोत्सव, सडक नाटक, स्थानीय सरकार र सरोकारवाला निकायसँग अन्तक्र्रिया तथा रेडियो कार्यक्रम गरी साताव्यापीरुपमा मनाइने गरिएको गिद्ध संरक्षणका अभियन्ता कृष्ण भुषालले बताउनुभयो ।

एघाराँै अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइरहँदा यसअघि गिद्ध देखिने आँखुखोला किनार टारीबेँसी र आसपासमा आज गिद्ध एउटा पनि नदेखिएको त्रिपुरासुन्दरी गाउँपालिका–२ का वडाध्यक्ष कृष्ण खत्रीले जानकारी दिनुभयो ।

धादिङमा विश्वमै दुर्लभ डगर गिद्ध, सुन गिद्ध र सेतो गिद्धसँगै सङ्कटको नजिक रहेका हिमाली गिद्ध र हाडफोर गिद्ध पाइन्छ । गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग हुने औषधि डाइक्लोफेनेक आदि विषादीको प्रयोग शून्य बनाउनुपर्ने, बासस्थान संरक्षण गरिनुपर्ने तथा आहारा सुरक्षा र उपलब्धतामा जोड दिनुपर्ने संरक्षणकर्मीको जोड छ ।