१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङबीच आज टेलिफोन वार्ता भएको छ ।

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो ।

वार्ताका क्रममा मन्त्री वङले विपद्का कारण भएको मानवीय क्षतिप्रति अस्ट्रेलिया सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपाललाई परेको कठिन परिस्थितिमा आवश्यक सबै सम्भव सहयोग गर्न अस्ट्रेलिया सरकार तयार रहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री खनालले मन्त्री वङमार्फत अस्ट्रेलिया सरकार तथा त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता र सहयोगका लागि आभार व्यक्त गर्नुभयो । उहाँले विशेषगरी सङ्कटको यस घडीमा अस्ट्रेलियाले देखाएको सद्भाव र सहयोगप्रति धन्यवाद दिनुभयो ।

मन्त्री खनालले विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि नेपाल सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराउनुभयो ।