११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीः हालसम्म १६५ जनाको मृत्यु, ८२६ अझै बेपत्ता



अ+ अ-

काठमाडौँ।  रसुवा बाढीमा परी बेपत्ता हुनुभएकाहरुमध्ये हालसम्म १ सय ६५ जनाको शव फेला परेको छ ।

बिहीवार बिहान सवा ८ बजेसम्म सरकारले दिएको जानकारीअनुसार र हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८ सय २६ जना अझै बेपत्ता रहेका रहेका छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले देशका विभिन्न स्थानमा भएको विपद्का कारण ठूलो मानवीय क्षति भएको जानकारी दिएको छ । केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलकाअनुसार बेपत्ता हुनेहरूमध्ये ८५ जना सुरक्षाकर्मी रहेका छन् । जसमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना छन् ।

अन्य बेपत्ताहरूमा रसुवाका १ सय ६१ र नुवाकोटका १ जना रहेका छन् । यसैगरी, कुल ५ सय ७९ जना पर्यटकहरू पनि सम्पर्कविहीन भएको मन्त्रालयले जनाएको छ । जसमा १ सय १३ जना नेपाली र ४ सय ६६ जना विदेशी पर्यटक रहेका छन् ।

मन्त्रालयको विवरण अनुसार हालसम्म १०४ जनाको सफल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमध्ये रसुवाबाट ४३, नुवाकोटबाट ५८ र धादिङबाट ३ जना रहेका छन् ।

फेला परेका १ सय ६५ शवहरूको जिल्लागत विवरणअनुसार धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, नवलपरासीमा २६, तनहुँमा ९ र चितवनस्थित नारायणी नदी आसपास क्षेत्रमा ६४ वटा शव प्राप्त भएका छन् ।

त्यस्तै, नवलपरासी पश्चिममा ५ जनाको शव फेला परेको छ । केन्द्रका प्रमुख पौडेलले फेला परेका कतिपय शवहरू क्षतविक्षत अवस्थामा रहेको जानकारी दिनुभयो ।

मन्त्रालयले सूचनाको संवेदनशीलतालाई ध्यानमा राख्दै आधिकारिक निकायबाट संप्रेषित समाचारलाई मात्र विश्वास गर्न आम नागरिकलाई अनुरोध गरेको छ । –न्युज एजेन्सी नेपाल