२४ असार २०८३, बुधबार
,
Latest
जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः… प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, बैठक सुरु हुनासाथ विरोध प्रतिनिधिसभा बैठक सुरु हुँदै, यस्तो छ आजको कार्यसूची कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा केही स्थानमा आकस्मिक बाढीको जोखिम लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान मिचेर सांसदले मागे मृत्युदण्ड



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले संविधानमा नै उल्लेख नभएको माग उठाएका छन्। नेपालको संविधानमा मृत्युदण्ड दिने प्रावधान नभए पनि सांसदहरूले वीरगन्जकी १५ वर्षीया किशोरी मुस्कान खातुनमाथिको एसिड आक्रमणको घटनामा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका हुन्।

एसिड आक्रमण र बलात्कारको घटनामा संलग्न दोषीलाई संसद्मा बारम्बार मृत्युदण्ड दिनुपर्ने माग उठ्ने गरेको छ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले एसिड आक्रमण गर्नेमाथिको कारबाही गर्ने कानुन फितलो भएकाले महिला एसिड आक्रमणको शिकार हुने गरेको बताउँदै कडा कानुन बनाउनुपर्ने माग गर्नुका साथै एसिड बिक्री–वितरणमा लाइसेन्स अनिवार्य हुनुपर्ने बताएका हुन्।

भदौ २० गते विद्यालय जाँदै गर्दा वीरगन्ज छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको घटनाले संसद्मा प्रवेश पाएको थियो।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले एसिड आक्रमणका दोषीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने माग गर्दै त्यसका लागि कानुन संशोधन गर्न सरकारसँग माग गर्नुभयो।

‘मुस्कानको जिन्दगी नै बर्बाद गर्ने अपराध गरेको छ। यस्तो दोषी कुनै पनि बहानामा उम्किनु हुँदैन। कानुन संशोधन गरेर भए पनि एसिड आक्रमण गर्नेलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्छ।’ –उहाँले भन्नुभयो।

सांसद यादवले एसिड आक्रमणमा परेकी किशोरीले यसको पीडा बाँचुञ्जेल भोग्नुपर्ने भएकाले आक्रमणमा संलग्न दोषीलाई पनि बाँचुञ्जेल जेलमा राख्नुपर्ने माग गर्नुभयो।

सांसद पुष्पाकुमारी कर्ण कायस्थले कहिलेसम्म बालिकाले असुरक्षित जीवन जिउन बाध्य हुने भन्दै एसिड आक्रमण गर्ने दोषीलाई मृत्युदण्डको व्यवस्था गर्न माग गर्नुभयो।

सांसद नरमाया ढकालले एसिड आक्रमण घटनाको भत्र्सना गर्दै दोषीलाई नियन्त्रणमा लिई तत्काल कानुनी कारबाही गर्न माग गर्नुभयो।

सांसद पार्वतीकुमारी विशुंखे, प्रमिला राईलगायतका सांसदले एसिड आक्रमणको घटनाको भत्र्सनासहित घटनाका दोषीलाई कडा कारबाही गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।