१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल



अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले तिब्बततर्फबाट भोटेकोशी हुँदै रसुवा क्षेत्रमा आएको भीषण बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले बाढीको जोखिम अझै कायम रहेकाले अनावश्यक जोखिम नलिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ। उहाँले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका तथा जोखिममा रहेका व्यक्तिहरूको सुरक्षामा परिवार र समुदायले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ।

खोज तथा उद्धार वा अन्य कुनै प्रकारको सहायता आवश्यक परे सम्बन्धित निकायको टोल फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न संघले आग्रह गरेको छ।

अध्यक्ष मोक्तानले विपद्को यस कठिन परिस्थितिमा राज्यका सुरक्षा निकाय, स्थानीय प्रशासन तथा उद्धार टोलीलाई तत्काल परिचालन गरी जोखिममा रहेका नागरिकको शीघ्र उद्धार, राहत तथा आवश्यक सहयोगलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ।

उहाँले बाढी प्रभावित सम्पूर्ण नेपालीको सुरक्षा तथा कल्याणप्रति ऐक्यबद्धता जनाउँदै सबैलाई संयमित, सुरक्षित र उच्च सतर्कताका साथ रहन आग्रह गर्नुभएको छ।