१० भाद्र २०८३, बुधबार
,
Latest
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता



अ+ अ-

काठमाडाैँ ।  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको अचानकको भीषण बाढीपछि ३८४ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन्।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको दोस्रो स्थिति विवरणअनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक छन्। बाढी बुधबार बिहान करिब ८ः३० बजे आएको बोर्डले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार विभिन्न ट्रेकिङ तथा पर्यटन एजेन्सीमार्फत रसुवा पुगेका पर्यटकहरू बाढीपछि सम्पर्कमा आउन सकेका छैनन्। तीमध्ये ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना र सम्राट टुर एण्ड ट्राभल्समार्फत गएका ७१ जना रहेका छन्।

त्यस्तै, लिफ होलिडेमार्फत गएका ५५ जना तथा हिमालयन ग्लेशियरमार्फत गएका ५२ जनाको अवस्था पनि अज्ञात रहेको बोर्डले जनाएको छ। अन्य केही ट्रेकिङ तथा पर्यटन कम्पनीमार्फत गएका पर्यटकहरूको विवरणसमेत संकलन भइरहेको छ।

बेपत्ता विदेशी नागरिकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकालगायत देशका नागरिक रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। केही पर्यटकको राष्ट्रियता भने अझै पहिचान हुन बाँकी छ।

बाढीपछि पर्यटक तथा पदयात्रीको अवस्थाबारे यकिन विवरण संकलन गर्न पर्यटन बोर्डले सम्बन्धित पर्यटन एजेन्सी, पर्यटक प्रहरी, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा ट्रेकिङ गाइडसँग समन्वय गरिरहेको छ।

बोर्डले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिनुका साथै विभिन्न स्रोतबाट प्राप्त पर्यटकको विवरण रुजु गर्ने काम भइरहेको जनाएको छ। प्रारम्भिक तथ्याङ्क भएकाले सम्पर्कविहीनको संख्या तथा अवस्थाबारे थप विवरण आउन सक्ने बोर्डले जनाएको छ।