१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

७ टन छोकडासहित ट्रक चालक पक्राउ



अ+ अ-

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले नेपालबाट भारततर्फ अवैध निकासी गर्न लागिएको ७ टन छोकडा बरामद गरेको छ । बरामद गरिएको छोकडाको बजार मुल्य ७ लाख ७० हजार रुपैयाँ रहेको अनुमान प्रहरीले गरेको छ ।

नेपालबाट भारततर्फ अवैध रुपमा छोकडा निकासी हुँदै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाको टोलीले भदौ २१ गते राति पोखरीया नगरपालिका वडा नं. ३ बसतपुरबाट स्थित ना ७ ख ३९८८ नं. को ट्रकमा भारततर्फ निकासी गर्न लागेको १४० बोरा छोकडा नियन्त्रणमा लिएको हो ।

प्रहरीले ट्रक चालक वीरगञ्ज–१६ बस्ने ३८ बर्षिय बिजय साह तुरहालाई पनि नियन्त्रणमा लिएको छ ।

त्यसैगरि पर्साको छिपहरमाई गाउँपालिका वडा नं ५ भिश्वाबाट प्रहरीले ६ टन छोकडा बरामद गरेको छ । १०० बोरा ६ हजार ९ सय ४० किलो अन्दाजी ७ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको छोकडा बरामद गरेको छ ।

छिपहरमाई–५ भिष्वा पुग्दा वेवारिसे अवस्थामा खाली खेतमा त्रिपालले छोपी राखेको अवस्थामा छोकडा बरामद गरिएको थियो ।