७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

७ टन छोकडासहित ट्रक चालक पक्राउ



अ+ अ-

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले नेपालबाट भारततर्फ अवैध निकासी गर्न लागिएको ७ टन छोकडा बरामद गरेको छ । बरामद गरिएको छोकडाको बजार मुल्य ७ लाख ७० हजार रुपैयाँ रहेको अनुमान प्रहरीले गरेको छ ।

नेपालबाट भारततर्फ अवैध रुपमा छोकडा निकासी हुँदै गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाको टोलीले भदौ २१ गते राति पोखरीया नगरपालिका वडा नं. ३ बसतपुरबाट स्थित ना ७ ख ३९८८ नं. को ट्रकमा भारततर्फ निकासी गर्न लागेको १४० बोरा छोकडा नियन्त्रणमा लिएको हो ।

प्रहरीले ट्रक चालक वीरगञ्ज–१६ बस्ने ३८ बर्षिय बिजय साह तुरहालाई पनि नियन्त्रणमा लिएको छ ।

त्यसैगरि पर्साको छिपहरमाई गाउँपालिका वडा नं ५ भिश्वाबाट प्रहरीले ६ टन छोकडा बरामद गरेको छ । १०० बोरा ६ हजार ९ सय ४० किलो अन्दाजी ७ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको छोकडा बरामद गरेको छ ।

छिपहरमाई–५ भिष्वा पुग्दा वेवारिसे अवस्थामा खाली खेतमा त्रिपालले छोपी राखेको अवस्थामा छोकडा बरामद गरिएको थियो ।