६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको दोस्रो चरणको जागरण अभियान मंगलबारदेखि (काे कहाँ खटिए ? )



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान मंगलबारदेखि शुरू गर्दैछ । नेपाली कांग्रेसका संस्थापक नेता  वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर हिमाल, पहाड, तराई-मधेश (हिपतम) नाम दिइएको यस अभियानमा सबै तहका नेताहरूलाइ जिल्लाजिल्ला खटाइएकाे छ ।

अभियानको पहिलो दिन पार्टी सभापति सहितका केन्द्रीय नेताहरुले विभिन्‍न जिल्लामा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कसले कहाँ सम्बोधन गर्ने ? 

सुनसरी- सभापति शेरबहादुर देउवा
कास्की – वरिष्ठ नेता रामचन्द्र पौडेल
धनुषा – उपसभापति विमलेन्द्र निधि
सुनसरी – उपसभापति विजयकुमार गच्छदार
मकवानपुर – महामन्त्री डा. शशांक कोइराला
भक्तपुर- महामन्त्री पूर्णबहादुर खड्का 
काठमाडौं –  कोषाध्यक्ष सीतादेवी यादव
काठमाडौं – सहमहामन्त्री डा. प्रकाशशरण महत