• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ?

ओली-नेपालबीच बोलचाल नै बन्द, प्रधानमन्त्री चार दिनदेखि बालुवाटारबाहिर निस्केनन्



काठमाडौं । प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच १९ दिनदेखि संवाद नै बन्द भएको छ । स्वास्थ्योपचारका लागि ओली सिंगापुर जानुअघि ५ भदौमा बालुवाटारमा बसेको बैठक दुई नेताबीचकै भनाभनमा टुंगिएयता भेटघाट तथा छलफल भएको छैन ।

दुई साताको उपचारपछि स्वदेश फर्किएको चार दिनसम्म पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटघाट भएको छैन । शुक्रबार फर्किएका ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने चारपटक भेटवार्ता गरिसकेका छन् । सचिवालयका अरू नेताले पनि ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे चासो राख्दै शुभकामना व्यक्त गरेका छन् ।

५ भदौको बैठकमा आफूले दिएको स्वास्थ्यलाभको कामना ओलीले फिर्ता गरेको भन्दै अहिलेसम्म पनि नेपालले असहज महसुस गरेका छन् । सो बैठकमा ओलीले नेपालबाट स्वास्थ्यलाभको शुभकामनासमेत नलिँदा तिक्तता बढेपछि प्रचण्ड, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेलले बीचैमा हस्तक्षेप गरेका थिए ।

‘उहाँ ९केपी ओली०ले नै स्वास्थ्यलाभको शुभकामना चाहिँदैन भन्दै फिर्ता गरिसकेपछि फेरि जबर्जस्ती घरमै पुगेर अहिले कस्तो छ भन्नु त्यति राम्रो हुने कुरै भएन,’ नेपाललाई उद्धृत गर्दै उनीनिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘फेरि पुरानै कुरा दोहोर्‍याएर मैले उतिवेलै शुभकामना चाहिँदैन भनेको थिएँ, किन आउनुपर्‍यो, चासो राख्नुपर्‍यो भन्ने अमिलो जवाफ आयो भने के गर्ने रु त्यसैले उहाँहरूबीच संवाद हुन नसकेको हो ।’ १९ दिनदेखि संवाद टुटेपछि वरिष्ठ नेता नेपाल पनि पार्टीको सचिवालय बैठकमै आफ्ना कुरा राख्ने सोचमा छन् ।

सिंगापुरबाट फर्किएपछि क–कसले भेटे प्रधानमन्त्रीलाई ?
प्रधानमन्त्री सिंगापुरबाट फर्किएपछि अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भेटेरै स्वास्थ्यलाभको कामना गरेका छन् । वरिष्ठ नेता झलनाथ खनालले टेलिफोनमार्फत स्वास्थ्यलाभको कामना गरे । उपाध्यक्षमा प्रस्तावित वामदेव गौतम र महासचिव विष्णु पौडेल ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सिंगापुर नै पुगेर सँगै फर्किएका थिए । त्यस्तै, स्थायी समिति सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुनले पनि सिंगापुर पुगेर स्वास्थ्यलाभको कामना गरेका थिए । अधिकांश मन्त्रीहरूले बालुवाटारमा भेटेरै स्वास्थ्यलाभको कामना गरे । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने पहिल्यै स्वास्थ्यलाभको कामना गरिसकेका कारण प्रधानमन्त्री फर्किएपछि व्यक्तिगत भेटघाट नभएको बताए ।

बैठकको तिक्तता, बैठककै छलफलमा अन्त्य हुन्छ
विष्णु रिजाल
उपप्रमुख, विदेश विभाग
पार्टीमा नियमित बैठक आयोजना हुने, सबैको कुरा सुन्ने, छलफल गर्ने र सौहार्दपूर्ण स्थितिमा निष्कर्षमा पुग्दा व्यक्तिगत मतान्तर स्वतः अन्त्य हुन्छ । पार्टीलाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्नेबित्तिकै मतभेद समाधान भइहाल्छन्, यो नै कम्युनिस्ट पार्टीभित्रको मित्रवत् अन्तरविरोध समाधान गर्ने तरिका हो । पार्टीभित्र कहिल्यै पनि नेताहरूबीचको सम्बन्ध विपक्षीसँग जस्तो तिक्त हुँदैन, त्यसैले बैठकमा छलफलका क्रममा उत्पन्न तिक्तता र मतभेद फेरि आयोजना हुने बैठकमा छलफलबाटै निराकरण हुनेछ ।

अबको बैठकमा माधव नेपालको पोजिसन
नेकपाको केन्द्रीय सचिवालयमा नेताहरूको समीकरण फेरिएको छ । यसअघि तेस्रो वरीयतामा रहेका नेपाल समीकरण फेरिएसँगै चौथो वरीयतामा पुगेका छन् । वरीयतालाई स्वीकार गरे पनि नेपालले पार्टी सञ्चालनसम्बन्धी मुद्दामा नोट अफ डिसेन्ट नै दर्ता गराएका छन् । ३ भदौमा सातबुँदे नोट अफ डिसेन्ट दर्ता गराएका उनले प्रधानमन्त्री ओलीले सरकार वा पार्टीको नेतृत्वमध्ये एक जिम्मेवारी त्याग्नुपर्ने गरी ‘एक व्यक्ति एक पद’को नीति कार्यान्वयनको माग गरेका छन् । तर, नोट अफ डिसेन्टलाई बैठकमा दर्ता गराउनुअगावै सार्वननिक गरेको भन्दै ओलीले यो विषयमा छलफल हुन नसक्ने बताएका छन् ।

पछिल्लोपटक ओलीले अध्यक्ष प्रचण्डलाई समेत साथमा लिएर वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गरेका छन् भने झलनाथ खनाललाई नेपालभन्दा माथिल्लो मर्यादामा राख्ने निर्णय गराएका छन् । ओलीको यो निर्णयलाई नेपालले आफूलाई एक्ल्याउने रणनीतिका रूपमा लिएका छन् । नौ सदस्यीय सचिवालयमा नेपालप्रति प्रवक्ता नारायणकाजी श्रेष्ठले सहानुभूति देखाए पनि प्रस्ट खुलेका छैनन् । यस्तै अन्तरकलहबीच अध्यक्षद्वय ओली र प्रचण्डले एकता प्रक्रियाका बाँकी काम टुंग्याउन भोलि (बुधबार) सचिवालय बैठक बोलाउने गृहकार्य गरिरहेका छन् । नेपाल भने सचिवालयबाट नोट अफ डिसेन्ट सम्बोधन नभए स्थायी समिति र केन्द्रीय कमिटी बैठकमा लैजाने तयारीमा छन् ।

बालुवाटार–कोटेश्वर सन्देश आदान–प्रदान

दूरी कम गर्न ओली र नेपालबीच सन्देश आदानप्रदानको पहल भने भएको छ । बालुवाटारबाट ओलीको सन्देश लिएर बंगलादेशका लागि नवनियुक्त राजदूत डा। वंशीधर मिश्र पछिल्लोपटक नेपालनिवास कोटेश्वर पुगेका थिए । मिश्रले प्रधानमन्त्री ओलीले दूरी बढाउन नचाहेको र कमजोरी भएको महसुस गरिसकेकाले त्यही सन्देशका साथ उनका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र सांसद सुमन प्याकुरेलले भेट्न खोजेको नेपाललाई जानकारी गराएका थिए । जवाफमा नेपालले आफूले पनि कमजोरी महसुस गर्ने र अनावश्यक दूरी बढोस् भन्ने चाहना नरहेको भन्दै भेटका लागि तयार रहेको सन्देश फर्काएका थिए । तर, त्यसपछि मैनाली र प्याकुरेलले नै नेपालसँग भेट नगरेपछि ‘आइसब्रेक’ हुने गरी द्विपक्षीय संवाद अघि बढेन । मैनालीले कुनै पनि विषयमा कुराकानी गर्ने उद्देश्यले नेपालसँग भेट नभएको बताए । ‘उहाँसँग मेरो भेटघाट भएको छैन,’ मैनालीले भने, ‘प्रधानमन्त्रीज्यू र उहाँ (नेपाल)बीच पनि संवाद भयो कि भएन, मेरो जानकारीमा छैन ।’

ओलीसँग नेपालका गुनासा

पार्टी एकीकरणको लामो समयसम्म एकता प्रक्रियासँग जोडिएका बाँकी काम समयभित्रै सकिएनन् । ढिलाइ हुनुमा अध्यक्ष ओली जिम्मेवार छन् 
एकतामा विधि, प्रक्रिया र मापदण्ड अपनाइएन । आफ्ना मान्छेलाई जिम्मेवारी दिन विधि र मापदण्ड नै लत्याएर एउटै व्यक्तिलाई दुई–तीनतिर जिम्मेवारी दिए ।
पार्टीभित्रै आपसमा नेताहरू लडाएर व्यक्तिगत स्वार्थपूर्ति गरे । एक व्यक्ति स् एक पदको नारा दिएर तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पन्छाउँदै आफू संसदीय दलको नेता चुनिए । वामदेवलाई प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पदको आश्वासन दिएर अध्यक्ष बने । पार्टी एकताका वेला वरीयता हेरफेर गरेर खनाललाई बाइपास गरे । अहिले त्यही वरीयतालाई मुद्दा बनाएर ममाथि प्रहार गरेका छन् ।

प्रचण्डसँग नेपालका गुनासा

  • पार्टी एकता प्रक्रिया छिटो टुंग्याउन नेतृत्वदायी भूमिका खेल्न सकेनन्, ओलीलाई दबाब दिन पनि सकेनन् ।
  • एकता प्रक्रियामा आफ्ना मान्छेलाई जिम्मेवारी दिन विधि र मापदण्ड लत्याउन ओलीसँगै मिले । पार्टीभित्रको अन्तरविरोधमा कहिल्यै प्रस्ट धार देखाएनन्, ओली र आफ्नोबीचमा बसेर प्रचण्डले निरन्तर खेलिरहेका छन् ।

सिंगापुरबाट फर्किएपछि बालुवाटारबाहिर प्रधानमन्त्री ओलीको आज पहिलो सार्वजनिक कार्यक्रम
शुक्रबार स्वदेश फर्किएका प्रधानमन्त्री ओली आइतबारबाट नियमित काममा सक्रिय बनेका छन् । यद्यपि, आइतबार निजामती सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा भने प्रधानमन्त्री ओली चिकित्सकको सुझाबअनुसार सहभागी भएनन् । सोमबार बिहान भने बालुवाटारस्थित निवासमै उनले प्रचण्डसँग छलफल गरे, साँझ चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरे । आइतबार पनि उनले प्रचण्डलगायत पार्टी नेताहरूसँग छलफल गरेका थिए । चार दिनदेखि सरकारी निवास बालुवाटारबाहिर ननिस्किएका उनी मंगलबार सिंहदरबारस्थित कार्यालय जाने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । मंगलबार नै अपराह्न १२ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको भिडियो कन्फरेन्समार्फत संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । दुवै प्रधानमन्त्रीले आ–आफ्नो देशबाट स्विच अन गरेपछि पाइपलाइन सञ्चालनमा आउनेछ । , समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।